single page top banner

तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ६७ रनले पराजित

Dunami_nadmin Dunami_nadmin
आइतबार, भाद्र 19, 2081
Social buttons loaded
समाचार सारांश
  • ६ जेठ, काठमाडौं ।
  • नेपाली टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग पराजित भएको छ ।

६ जेठ, काठमाडौं । नेपाली टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग पराजित भएको छ ।

पहिलो र दोस्रो खेल जितेर तीन खेलको शृङ्खला जितेको नेपालले शनिबार राति भएको तेस्रो खेलमा भने विनवार्ड्ससँग ६७ रनको फराकिलो हार बेहोरेको छ ।

२०६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १३८ रनमात्रै बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ३ चौका र ४ छक्का मद्दतमा ३६ बलमा ५३ रन बनाए ।

ओपनर आशिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन जोडे अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

विनवार्ड्सका डैरोन नेड र कभेम होजले तीन/तीन तथा निकलस रेडहेड र डीन ब्राउनले दुई/दुई विकेट लिए ।

त्यसअघि टस जितेर घरेलु मैदानमा ब्याटिङ गरेको विनवार्ड्सले डिलन डगलस र शाद्रक डेसकार्टेको अर्धशतक मद्दतमा २०५ रन बनाएको थियो ।

डिलनले ३२ बलमा ५६ रन बनाए भने शाद्रकले २७ बलमा ५५ रनको योगदान गरे ।

नेपालका कमलसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले एक/एक विकेट लिए ।

तेस्रो खेलमा नेपालले यसअघिको खेलबाट तीन परिवर्तन गरेको थियो । ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोरा टोलीमा थिएनन् । उनीहरूको ठाउँमा करण केसी, सागर ढकाल र कमल सिंह ऐरीले खेलेका थिए ।

कमलको यो तीन खेल शृंखलाको पहिलो खेल हो भने कुशल मल्ल तीनवटै खेलमा प्लेइङ-११ मा परेनन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड
एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
प्रधानमन्त्री सुशीला कार्की घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगिन्।
प्रधानमन्त्री सुशीला कार्की घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगिन्।
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
विश्वविद्यालयले बिरालोलाई किन दियो साहित्यमा विद्यावारिधिको उपाधि ?
पन्ध्रौँ चितवन महोत्सव सम्पन्न
पन्ध्रौँ चितवन महोत्सव सम्पन्न
गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता
गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता
कपाल पातलो भयो ? ‘हेयर एक्सटेन्सन’ प्रयोग गर्न सकिन्छ
कपाल पातलो भयो ? ‘हेयर एक्सटेन्सन’ प्रयोग गर्न सकिन्छ
सरस्वती प्रतीक्षा, भूपिन खड्का सहित ७ जना स्रष्टा सम्मानित हुँदै
जहाँ आँपको सिजनमा मलामी जान समेत तँछाडमछाड हुन्थ्यो
single post sidebar 1 banner