single page top banner

दयाहाङ राइकाे चलचित्र

Dunami_nadmin Dunami_nadmin
आइतबार, चैत्र 22, 2081
Social buttons loaded
समाचार सारांश
  • काठमाडौं – अभिनेता दयाहाङ राईलाई लाग्दै आएको आरोप हो, धेरै सिनेमा खेल्छन् ।
  • हरेक महिनाजसो उनका सिनेमा प्रदर्शनमा आउँछन् ।

काठमाडौं – अभिनेता दयाहाङ राईलाई लाग्दै आएको आरोप हो, धेरै सिनेमा खेल्छन् । हरेक महिनाजसो उनका सिनेमा प्रदर्शनमा आउँछन् । दर्शकलाई उनका कुन सिनेमा हेरौँ कुन नहेरौँ हुन्छ ।  हरेक महिना मात्रै होइन एकै दिन दयाहाङ अभिनीत दुईवटा चलचित्र पनि रिलिज भए । त्यो पनि एक पटक होइन दुई÷दुई पटक ।
तर, यो पटक भने उनी निकै लामो समयपछि हलमा आउँदैछन् । ‘कार्साङ’मार्फत पुस २६ गते उनी हलमा आउँदा उनको अघिल्लो सिनेमा रिलिज भएको करिब ६ महिना हुनेछ । अर्थात् ६ महिनापछि दयाहाङ आफ्ना दर्शकमाझ आउँदै छन् ।
‘घर ज्वाईं’ असार २८ गते रिलिज भएको थियो । त्यसयता दयाहाङ अभिनीत ‘कार्साङ’ रिलिज हुन लागेको हो । आधा वर्षाको ग्यापपछि दयाहाङ हलमा आउँदा दर्शकको साथ पाउने अपेक्षा निर्माणपक्षको छ । ‘घर ज्वाईं’ पनि व्यापारिक रूपमा सफल चलचित्र हो ।
आम ग्रामीण परिवेशको एक पारिवारिक जिम्मेवार अभिभावकको भूमिकामा दयाहाङ देखिने भएका छन् । अभाव र दुःखबीच आफ्नो जातिको संस्कारलाई जोगाउने इमान्दार चरित्रमा उनी देखिनेछन् ।
अभाव र इमान्दार समाजका भुइँ मान्छेहरू कसरी आफ्ना–आफन्त र समाजबाट पाखा लगाइन्छन् भन्ने ‘कार्साङ’ले देखाउने यसको टिजरले देखाइसकेको छ ।
टिजरले भुइँ मान्छेको कथा ‘कार्साङ’ले भन्ने र यो कथा दयाहाङमार्फत् भनिने प्रष्ट पारेको छ । यो चलचित्रले गरिबीमा जीवन बिताइरहेका आम नेपालीको कथा भन्दा दर्शकले शेर्पा समुदायको कल्चर पनि अनुभूत गर्न पाउनेछन् । प्रायः दयाहाङ हाइफाइ र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका कलाकार हुन् । यसपटक पनि उनी शेर्पा समुदायको कथा लिएर दर्शकलाई भेट्न आउँदैछन् ।
‘कार्साङ’ यम शेर्पाको डेव्यु निर्देशन हो । ‘कार्साङ’को कथा पनि निर्देशक स्वयंले लेखेका छन् । चलचित्रमा अभिनेता दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ । सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधान छायांकार हुन् । उनी निर्माता पनि हुन् । चलचित्रको सहनिर्माता गोविन्द बोहरा हुन् भने कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मैले बाँचेका कथाहरु मैले राम्रोसँग भन्न सक्ने रहेछु
डलरको भाउ घट्यो
डलरको भाउ घट्यो
विश्वमै प्रदूषित शहरको शिखरमा काठमाडौं, सतर्कता अपनाउन विज्ञको सुझाव
विश्वमै प्रदूषित शहरको शिखरमा काठमाडौं, सतर्कता अपनाउन विज्ञको सुझाव
शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम
शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम
घरमा नियमित औषधि सेवन गर्ने वृद्धावृद्धा छन् ? ध्यान दिनुपर्ने ५ कुरा
घरमा नियमित औषधि सेवन गर्ने वृद्धावृद्धा छन् ? ध्यान दिनुपर्ने ५ कुरा
को हुन् सुशीला कार्की ?
को हुन् सुशीला कार्की ?
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
विश्वविद्यालयले बिरालोलाई किन दियो साहित्यमा विद्यावारिधिको उपाधि ?
निर्माण सेवा संघको रक्तदान : ३५ युनिट रगत संकलन
निर्माण सेवा संघको रक्तदान : ३५ युनिट रगत संकलन
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
single post sidebar 2
single post sidebar 1 banner