single page top banner

पत्रकार खरेलद्वारा सञ्चारमन्त्रीको पदभार ग्रहण

Dunami_nadmin Dunami_nadmin
सोमबार, पौष 22, 2082
Social buttons loaded
समाचार सारांश
  • डुनामिस न्यूज, काठमाडौं।
  • पत्रकार जगदीश खरेलले अंतरिम सरकारको सञ्चारमन्त्रीमा पदभार ग्रहण गर्नु भएको छ।

डुनामिस न्यूज, काठमाडौं। पत्रकार जगदीश खरेलले अंतरिम सरकारको सञ्चारमन्त्रीमा पदभार ग्रहण गर्नु भएको छ।

साढे २ दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका जगदीश खरेल इमेज टेलिभिजनमा लामो समयदेखि काम गर्दै आउनुभएको छ ।

पदभार ग्रहणपछि खरेलले सञ्चारमन्त्रीको रूपमा संक्रमणकालीन सरकारलाई सफल बनाउन भूमिका खेल्ने बताउनु भयो ।

उहाले पत्रकारितामा उठाएका प्रश्नहरूको जवाफ खोज्ने र सञ्चार मन्त्रालयका विविध जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
इमेज टेलिभिजनको हटसिट कार्यक्रम संचालन पछि मंत्री खरेल संचारक्षेत्रमा निकै चर्चामा आउनुभएको हो।

समसामयिक राजनीतिक, सामाजिक विषयमा आधारित त्यही टक शो ‘हटसिट’ बाट उहाँलाई आजदेखि सञ्चारमन्त्रालय सम्हालने अवसर मिलेको छ ।

टेलिभिजन स्क्रिनमा राजनीतिक नेता, सामाजिक अभियन्ता, प्रशासक देखि न्यायाधीशहरूसम्मलाई बोलाएर मंत्री खरेलले चोटिला प्रश्न गर्ने गर्नुहुन्थ्यो ।

उहाले सोधेका प्रश्नका क्लिपहरू सामाजिक सञ्जालहरुमा समेत भाइरल हुने गरेका थिए । शासकीय जिम्मेवारीमा रहेकाहरूलाई प्रश्न गर्ने खरेल अब वास्तविक रुपमा ती प्रश्नहरूको जवाफ आफैं दिनुपर्ने स्थानमा आइपुग्नु भएको छ ।

“एउटा आन्दोलनबाट परिवर्तनका आवाज सम्बोधन गर्नेगरी यो सरकार बनेको छ, उनले भने,’जेनजीहरूका आवाज र भावनालाई प्रतिनिधित्व गर्दै जिम्मेवारी पूरा गर्नेछु ।”

२०५९ सालमा इमेज च्यानल टिभी सुरुवात हुँदादेखि त्यहिँ काम गर्न थालेका मंत्री खरेलको सञ्चारकर्म मात्र होइन उहाको शैक्षिक पृष्ठभूमि पनि पत्रकारिकानै रहेको छ ।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार स्नातकोत्तर उपाधि हासिल गरनु भएको छ। हाल उहा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति’ विषयमा विद्यावारिधि गरिरहनु भएको छ ।

राजनीतिक दलहरू भन्दा बाहिरका व्यावसायिक व्यक्तिहरूलाई मन्त्रीको जिम्मेवारीमा ल्याउने योजनाअनुसार प्रधानमन्त्री सुशीला कार्कीले व्यक्तिहरूको पहिचान गरि उहाँलाई नियुक्त गर्नु भएको हो।

खरेलकै टक शो हटसिटमा बसेर प्रधानमन्त्री हुनु अघि कार्कीले धेरैपटक अन्तर्वार्ता दिनभएको थियो। अब प्रश्न सोध्ने र जवाफ दिने दुवै व्यक्ति एउटै मन्त्रिपरिषद्को सारथीको रूपमा काम गर्ने बिन्दुमा आइपुगेका छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डुनामिस स्कुल अफ मिनिष्ट्रि नेपालको १५ औ बार्षिकोत्सव सम्पन्न
डुनामिस स्कुल अफ मिनिष्ट्रि नेपालको १५ औ बार्षिकोत्सव सम्पन्न
सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)
सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)
अमेरिका पुगेर आईटीमा लाग्न खोज्दैथें, संगीतमै मोडिएँ
विश्वमै प्रदूषित शहरको शिखरमा काठमाडौं, सतर्कता अपनाउन विज्ञको सुझाव
विश्वमै प्रदूषित शहरको शिखरमा काठमाडौं, सतर्कता अपनाउन विज्ञको सुझाव
अनौठो जीवगाथा
एयर इण्डियाको विमान दुर्घटनामा १ सय ४१ को मृत्यु , १ जना बाच्न सफल
एयर इण्डियाको विमान दुर्घटनामा १ सय ४१ को मृत्यु , १ जना बाच्न सफल
नेपाल दुरसञ्चारमा व्यापक भ्रष्टाचार, १८ जना विरुद्ध मुद्दा दायर
नेपाल दुरसञ्चारमा व्यापक भ्रष्टाचार, १८ जना विरुद्ध मुद्दा दायर
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड
एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड
बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते
बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते
single post sidebar 2
single post sidebar 1 banner