single page top banner

प्रथम महिला प्रधानमन्त्री कार्कीद्वारा शपथ ग्रहण

Dunami_nadmin Dunami_nadmin
शुक्रबार, पौष 12, 2082
Social buttons loaded
समाचार सारांश
  • डुनामिस न्युज, काठमाडौं ।
  • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पदभारको लागि शपथ ग्रहण गर्नु भएको छ।

डुनामिस न्युज, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पदभारको लागि शपथ ग्रहण गर्नु भएको छ।

नेपालकै इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य पाउनु भएकी कार्कीले शीतल निवासमा सुक्रबार आयोजति विशेष समारोहकाबीच शपथ ग्रहण गर्नु भएको हो।

पूर्वप्रधान्यायाधीश समेत रहनु भएकी प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गर्नु भएको हो।

गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनले अघिल्लो सत्ता ढालेपछि उहालाई अन्तरिम सरकारको प्राधानमन्त्री पदमा नियुक्त गरिएको हो ।

उहाँले आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभालाई आजैदेखि विघटनको सिफारिस गर्नु भएको छ ।

नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।

(जेन–जी) आन्दोलन पछि घुडा टेक्न बाध्य भएको पुर्व प्राधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्कीलाई अन्तरिम सरकार प्रमुख बन्न पाउने अवसर मिलेको हो।

राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै देशले पहिलो महिला नेतृत्व पाएको छ ।

प्रधानन्यायाधीशबाट अवकाश पाएको करिब आठ वर्षपछि कार्कीले कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला सरकार प्रमुखको इतिहास पनि रच्ने मौका पाउनु भएको हो ।

न्यायपालिकामा रहँदा कसैको पक्षपोषन नगर्ने, हक्की र इमानदार चरित्रले चिनिएकी कारण उहा आज चर्चित बन्दै आउनु भएको छ ।

विभिन्न सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलनपछि देशका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनवटै अंग ध्वस्त भएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो ।

प्रधानमन्त्रीको राजीनामालगत्तै प्रधानसेनापति समेतको सहभागितामा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनु भएको थियो।

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री सुशीला कार्की घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगिन्।
प्रधानमन्त्री सुशीला कार्की घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगिन्।
पुर्नउत्थान  महोत्सवमा रमाउदै हिलसङ चर्चका बालकालिकाहरु
पुर्नउत्थान महोत्सवमा रमाउदै हिलसङ चर्चका बालकालिकाहरु
घरमा नियमित औषधि सेवन गर्ने वृद्धावृद्धा छन् ? ध्यान दिनुपर्ने ५ कुरा
घरमा नियमित औषधि सेवन गर्ने वृद्धावृद्धा छन् ? ध्यान दिनुपर्ने ५ कुरा
शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम
शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम
अपाङ्गता भएका महिलाको राजनीतिक अधिकार र अवस्था
अपाङ्गता भएका महिलाको राजनीतिक अधिकार र अवस्था
प्रभु आफैले द हिलिङ चर्चको नामाकरण र स्थापना गर्नु भयो, मैले होइन : पास्टर  सुक्रम   
प्रभु आफैले द हिलिङ चर्चको नामाकरण र स्थापना गर्नु भयो, मैले होइन : पास्टर  सुक्रम  
आकाश ओढेको डोल्पो
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भारतीय कप्तान सुनिलको घोषणा
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा यातायात निषेध
गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा यातायात निषेध
single post sidebar 2
single post sidebar 1 banner