single page top banner

हट्यो कर्फ्यु र निषेधाज्ञा, जनजीवन सामान्य बन्दै

Dunami_nadmin Dunami_nadmin
शनिबार, पौष 13, 2082
Social buttons loaded
समाचार सारांश
  • काठमाडौँ ।
  • नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ ।

काठमाडौँ । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । 

सबै जनता आफ्नो पेशा व्यवसायमा संलग्न हुने क्रम शुरु भएको छ । जेन–जी युवापुस्तासहित सम्पूर्ण परिवर्तन चाहने देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको छ ।

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेन–जी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार सरकार गठन भएको छ ।

यो अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गराउने भएको छ । 

आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानूनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने म्यान्डेट पाएको छ । 

अब भने सरकारी कार्यालयहरुलाई फेरि लयमा फर्काएर काम चालु गर्नुपर्नेछ । भग्नावशेष बनेको सिंहदरबारलाई ठडाउनु पर्नेछ । 

जेन–जी आन्दोलनमा भएका घटनाका दोषीलाई कारबाही गर्नुपर्नेछ । 

भ्रष्टाचार विरुद्धको अभियान पहिलो प्राथमिकता भएकाले भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारबाही गर्न सशक्त आयोग गठन गर्नुपर्नेछ । 

नेतालाई साथ दिने कर्मचारी प्रायः छोइएका छैनन् । सीमित बाहेक अधिकांश कर्मचारीलाई त्यो प्रणालीले भ्रष्ट बनाएकै हो । त्यसकोसमेत छानबिन गर्नुपर्नेछ र कारबाही गर्नुपर्नेछ । 

मेरो मान्छे र तेरो मान्छे भन्ने भावनाबाट बाहिर निस्केर विधिको शासनमा सबै बाँधिनु पर्नेछ । 

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा प्याराग्लाइडिङ दुर्घटनामा परेकाहरु यसरी बाँचे
पोखरा प्याराग्लाइडिङ दुर्घटनामा परेकाहरु यसरी बाँचे
युग पुरुष स्व. रोबर्ट कार्थकको जीवन गवाही
युग पुरुष स्व. रोबर्ट कार्थकको जीवन गवाही
एमाले रत्ननगर वडा नं ६ को अध्यक्षमा सापकोटा चयन
एमाले रत्ननगर वडा नं ६ को अध्यक्षमा सापकोटा चयन
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
अमेरिका पुगेर आईटीमा लाग्न खोज्दैथें, संगीतमै मोडिएँ
गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा यातायात निषेध
गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा यातायात निषेध
सरस्वती प्रतीक्षा, भूपिन खड्का सहित ७ जना स्रष्टा सम्मानित हुँदै
प्रभु आफैले द हिलिङ चर्चको नामाकरण र स्थापना गर्नु भयो, मैले होइन : पास्टर  सुक्रम   
प्रभु आफैले द हिलिङ चर्चको नामाकरण र स्थापना गर्नु भयो, मैले होइन : पास्टर  सुक्रम  
प्रधानमन्त्री सुशीला कार्की घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगिन्।
प्रधानमन्त्री सुशीला कार्की घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगिन्।
विश्वविद्यालयले बिरालोलाई किन दियो साहित्यमा विद्यावारिधिको उपाधि ?
single post sidebar 2
single post sidebar 1 banner