को हुन् सुशीला कार्की ?
- पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बनेर अर्काे इतिहास रचेकी छन् ।
- २५ जेठ २००८ मा मोरङको शंखरपुरमा जन्मिएकी कार्कीले विराटनगरको महेन्द्र मोरङ कलेजबाट बिए र बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् ।
पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बनेर अर्काे इतिहास रचेकी छन् । २५ जेठ २००८ मा मोरङको शंखरपुरमा जन्मिएकी कार्कीले विराटनगरको महेन्द्र मोरङ कलेजबाट बिए र बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् ।

०३४ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि उनले ०३५ मा वकालत थाल्दा विराटनगरमा महिला कानुन व्यवसायी थिएनन् । पछि केही संख्यामा महिला कानुन व्यवसायीको प्रवेश भए पनि टिकिरहन सकेनन् ।
तर, कार्की अविचलित वकालतमा टिकिरहिन् । कार्कीले नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका खेलेकी थिइन् । ०४६ को जनआन्दोलनताका कार्की पञ्चायतविरुद्ध प्रदर्शन गर्ने क्रममा पक्राउ पनि परेकी थिइन् । कार्कीले तत्कालीन अञ्चल अदालतदेखि पुनरावेदन अदालतसम्मको वकालतको अनुभव संगालेकी थिइन् ।
वकालतको २७ वर्षपछि वरिष्ठ अधिवक्ता बनेकी उनी ०६५ मा सर्वाेच्च अदालतको अस्थायी न्यायाधीश बनिन् । ०६७ मा न्यायाधीश नियुक्त भइन् । र, त्यसको सात वर्षपछि १ वैशाख ०७३ मा कामु प्रधानन्यायाधीश बनिन् ।
त्यसको तीन महिनामा प्रधानन्यायाधीश बनेकी उनले १५ महिना सर्वाेच्च अदालतको नेतृत्व गरिन् । तर, उनले सर्वाेच्चको नेतृत्वको कार्यकाल पूरा गर्न पाइनन्, महाभियोगको सामना गर्नुपर्यो । यद्यपि, सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारण महाभियोग निस्तेज भएपछि दलहरूले महाभियोग फिर्ता लिएका थिए ।
मध्यमवर्गीय किसान परिवारमा जन्मिएकी कार्की विराटनगरनिवासी डिल्लीबहादुर कार्कीका पाँच छोरी र दुई छोरामध्ये सबैभन्दा जेठो सन्तान हुन् । उनलाई बुझ्नेहरू कार्की सानैदेखि जिद्दी, हठी र कसैसँगै नडराउने स्वभावकी थिइन् ।
विराटनगर– २, शंकरपुर तीनपैनीमा रहेको जनता माविबाट स्कुल शिक्षा पूरा गरेकी कार्की बुद्धिजीवी दुर्गा सुवेदीकी पत्नी हुन् । सुवेदी पहिले कांग्रेसका सक्रिय कार्यकर्ता भए पनि हाल नागरिक समाजका अगुवाका रूपमा चिनिन्छन् ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
हट्यो कर्फ्यु र निषेधाज्ञा, जनजीवन सामान्य बन्दै
डलरको भाउ घट्यो
नेपाल दुरसञ्चारमा व्यापक भ्रष्टाचार, १८ जना विरुद्ध मुद्दा दायर
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न



