माछा मार्ने विस्फोटक पदार्थ पड्किदा एक जनाको मृत्यु, दुई जना घाइते
- तानसेन – पाल्पामा विस्फोटक पदार्थ पड्किदा एक जनाको मृत्यु भएको छ ।
- एक जना गम्भीर घाइते भएका छन् ।
तानसेन – पाल्पामा विस्फोटक पदार्थ पड्किदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–४, हिंगानगर बस्ने २८ वर्षका सुरज सोमै रहेको प्रहरीले जनाएको छ ।
सोमैको बुटवल हस्पिटल प्रालि रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । विस्फोटक पदार्थ पड्किदा सोही स्थानका २१ वर्षका कोशिस भुजेल गम्भीर घाइते हुनुभएको छ । भुलेको उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ ।
शुक्रबार दिउँशो पाल्पाको तिनाउ–२, बुढाचटक बस्ने मदन बहादुर सोमैको घर पछाडि माछा मार्ने विस्फोटक पदार्थ बनाउने क्रममा उक्त पदार्थ अचानक विस्फोट हुँदा सोमैसहित तीन जना घाइते भएका थिए । मृतक सोमै र घाइते भुजेल बिहीबार बेलुकी मदनबहादुर सोमैको घरमा बस्न आएका थिए ।
सो घटनामा परी २८ वर्षका कुशल भुजेलसमेत घाइते हुनुभएको छ । उहाँको अवस्था भने सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रनाउ मल्लले जानकारी दिनुभयो । सलाईको काटीबाट माछा मार्ने विस्फोटक पदार्थ बनाउने क्रममा घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
कपाल पातलो भयो ? ‘हेयर एक्सटेन्सन’ प्रयोग गर्न सकिन्छ
घरमा नियमित औषधि सेवन गर्ने वृद्धावृद्धा छन् ? ध्यान दिनुपर्ने ५ कुरा
अफताफ आलमलाई सफाई दिने न्यायधीशलाई युवाहरुले मोसो दले
पुर्नउत्थान महोत्सवमा रमाउदै हिलसङ चर्चका बालकालिकाहरु
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या



