कपाल पातलो भयो ? ‘हेयर एक्सटेन्सन’ प्रयोग गर्न सकिन्छ
- आजभोलि कपाल झर्ने, पातलिने, टुक्रिनेजस्ता समस्या धेरैलाई देखिन्छ ।
- त्यसको मुख्य कारण वंशाणुगत समस्या, बुढ्यौली, हार्मोनको असन्तुलन हुन् ।
आजभोलि कपाल झर्ने, पातलिने, टुक्रिनेजस्ता समस्या धेरैलाई देखिन्छ । त्यसको मुख्य कारण वंशाणुगत समस्या, बुढ्यौली, हार्मोनको असन्तुलन हुन् ।
कपालमा प्रयोग गर्ने स्याम्पू, कन्डिसनर, हेयर कलर, ब्लीचजस्ता केमिकलयुक्त सामग्री र हेयर स्टाइलिङका लागि प्रयोग गरिने सामग्री स्ट्रेटनर, कर्लर, ब्लोड्रायर आदिले पनि यो समस्या निम्त्याउने गर्छ । कोरोना संक्रमण र डेंगुका कारण पनि मानिसहरुमा कपालसम्बन्धी समस्या बढेको छ । कपालसम्बन्धी समस्या बढेसँगै यसका थुप्रै खाले समाधान पनि उपलब्ध छन् ।
सुख्खा र फुर्र परेको कपालका लागि ‘केराटिन ट्रिटमेन्ट’ प्रयोग हुने गरेको छ भने झरेको कपाल फेरि उमार्ने भन्दै विभिन्न खाले तेल र स्याम्पू पनि बजारमा भेटिन्छन् । त्यो कत्ति प्रभावकारी होला या नहोला भन्ने छुट्टै बहसको विषय हो ।
तर समाधानका लागि भन्दै ती सामग्री पनि बजारमा चलनचल्तीमा छन् । जस्तो, औषधि भए पनि चिकित्सकको सल्लाह लिएर मात्र त्यस्ता औषधि प्रयोग गर्नु उपयुक्त हुन्छ । चिकित्सकको सल्लाहबिना जथाभावी प्रयोग गर्दा झन् समस्या बढ्न पनि सक्छ ।
ख्खा र फुर्र परेको कपालका लागि ‘केराटिन ट्रिटमेन्ट’ प्रयोग हुने गरेको छ भने झरेको कपाल फेरि उमार्ने भन्दै विभिन्न खाले तेल र स्याम्पू पनि बजारमा भेटिन्छन् । त्यो कत्ति प्रभावकारी होला या नहोला भन्ने छुट्टै बहसको विषय हो ।
तर समाधानका लागि भन्दै ती सामग्री पनि बजारमा चलनचल्तीमा छन् । जस्तो, औषधि भए पनि चिकित्सकको सल्लाह लिएर मात्र त्यस्ता औषधि प्रयोग गर्नु उपयुक्त हुन्छ । चिकित्सकको सल्लाहबिना जथाभावी प्रयोग गर्दा झन् समस्या बढ्न पनि सक्छ ।
तर समस्या भइसकेपछि यसबाट कसरी मुक्ति पाउने ? यसका लागि अहिले बजारमा ‘हेयर एक्सटेन्सन’ आएको छ । हेयर एक्सटेन्सन कपाल पातलो हुनेका लागि मात्रै होइन, कपालमा नयाँ नयाँ प्रयोग गर्न चाहनेका लागि पनि रोजाइ बन्दै गएको छ ।
हेयर एक्सटेन्सन धेरै रंग, लम्बाइ र मोटाइमा पाइन्छ । कपाल छोटो छ तर लामो कपाल बनाएर विवाह वा कुनै पार्टीमा जान मन लाग्यो भने हेयर एक्सटेन्सन उपयुक्त बन्न सक्छ । हेयर एक्सटेन्सन प्रयोग गरेर कपाललाई लामो बनाउन सकिन्छ । आफ्नो कपालमा रंग लगाउँदा वा विभिन्न प्रयोग गर्दा कपाल बिग्रिने पनि जोखिम हुन सक्छ ।
कपालमा रंग लगाउँदा बिस्तारै विभिन्न खाले समस्या हामीले भोग्ने गरेकै छौं । त्यसैले कपालमा बिना कुनै ड्यामेज स्टाइल परिवर्तन गर्न हेयर एक्सटेन्सन उपयुक्त बन्न सक्छ । यसका लागि न धेरै दुःख गर्नुपर्छ न त धेरै समय नै दिनुपर्छ ।
कसरी गर्ने प्रयोग ?
हेयर एक्सटेन्सन दुई किसिमका हुन्छन् । एउटा टेम्पोररी र अर्को सेमी पर्मानेन्ट । टेम्पोररी एक्सटेन्सन सजिलोसँग आफ्नो इच्छाअनुसार लगाउन, खोल्न सकिन्छ भने सेमी पर्मानेन्ट एक्सटेन्सन कुनै पार्लर वा विज्ञसमक्ष गएर दुई-तीन महिना अवधिका लागि आफ्नो कपालमा फिक्स गर्न सकिन्छ ।
आफैंले दैनिक खोल्ने, लगाउने गर्न क्लिप बेस्ड एक्सटिन्सन प्रयोग गर्न सकिन्छ भने सेमी पर्मानेन्ट हिसाबले दुई तीन महिनाको अन्तरमा खोल्न लगाउन सकिने गरी टेप एक्सटेन्सन, ग्लु एक्सटेन्सन र माइक्रो रिङ एक्सटेन्सन प्रयोग गर्न सकिन्छ ।
दैनिक आफ्नो कपालमा एक्टेन्सन नरुचाउने र आवश्यक नपर्ने अवस्थामा ‘टेम्पोररी एक्टेन्सन’ प्रयोग गर्न सकिन्छ । आफूलाई चाहिएको बेला मात्र लगाउने र नचाहिंदा फुकालेर राख्न सकिने हुँदा जतिबेलै आफूलाई भारी महसुस हुँदैन ।
सुत्दा, नुहाउँदा र अन्य समयमा आफ्नो कपालमा एक्टेन्सनको भार हुँदैन र कपालले राहत पाउँछ । यसले कपालको जरामा पर्ने असर पनि धेरै कम गर्छ र सधैं लगाइराख्नु नपर्ने भएकाले यो बढी टिकाउ पनि हुन्छ ।
नियमित लगाउन र खोल्न झन्झट हुन्छ भन्ने लाग्छ र तपाईंको ‘स्काल्प’ संवेदनशील छैन भने ‘सेमी पर्मानेन्ट एक्टेन्सन’ प्रयोग गर्न सकिन्छ ।
समस्याअनुसारको एक्सटेन्सन
पूरै कपाल झरेकालाई फुल हेड विग
प्रायःजसो क्यान्सरका बिरामीहरुले किमोथेरापी गराउँदा पूर्ण रुपमा कपाल झर्ने गर्छ । यस्तोमा फुल हेड विग उपयुक्त हुन्छ । त्यसैगरी आफनो भएको कपाललाई पनि पूरै ढाक्न चाहनेलाई पनि यो ठीक हुन्छ ।
तालु वा खैरो कपाल छोप्न हेयर टपर
हेयर टपर कपालको माथि बस्ने भएकाले यसले आंशिक रुपमा मात्रै कपाललाई छोप्छ । हेयर टपरलाई ‘हाफ विग’ पनि भनिन्छ । कपाल छ तर माथि निश्चित भागमा पातलो भएको वा कपाल फुलेको अवस्थामा हेयर टपर प्रयोग गर्नु उपयुक्त हुन्छ । यो एकदम हलुका हुने भएकाले दैनिक रुपमा प्रयोग गर्न एकदम सहज पनि छ ।
लामो र बाक्लो बनाउन भोलुमाइजर
आफ्नो कपाल पातलो लाग्छ र बाक्लो बनाउन मन छ भने हेयर भोलुमाइजर प्रयोग गर्न सकिन्छ । कपालको लम्बाइ अनुसार संख्या मात्र थप्न मिल्ने गरी यसको डिजाइन गरिएको हुन्छ ।
कपालको संख्यासँगै आकार पनि बढाउन चाहने हो भने हेयर एक्सटेन्सन प्रयोग गर्न सकिन्छ । यो कपालको लेयरमा बस्छ, जसकारण एक्सटेन्सनको चारैतिर बाँडिन्छ र यो लगाउँदा भारी महसुस हुँदैन ।
नक्कली र सक्कलीले झुक्याउन सक्छ
पछिल्लो समय नेपालमा हेयर एक्टेन्सनको माग बढेसँगै प्रतिस्पर्धा पनि बढ्न थालेको छ । पूर्ण प्राकृतिक हेयर एक्टेन्सनको नाममा प्लास्टिक वा नाइलन फाइबरले बनेको सिन्थेटिक एक्सटेन्सन बेचेर धेरैलाई ठगी गरेको समेत भेटिने गरेको छ ।
नेचुरल हेयरकै एक्सटेन्सन भए पनि कम गुणस्तरको कपालले बनेको हेयर एक्टेन्सन पनि बेचिन्छ । जुन सुरुमा त एकदम राम्रो हुन्छ, तर केही समयपछि बिग्रिएर जान्छ । यसरी बजारमा हेयर एक्टेन्सनको नाममा भइरहेको ठगीबाट बच्न आफैंले ट्रायल गरेर भरपर्दो स्टोरबाट मात्र एक्सटेन्सन खरिद गर्नुपर्छ ।
राम्रो एक्टेन्सन कम्तीमा दुईदेखि तीन वर्ष हुन्छ र आवश्यकता अनुसार कहिलेकाहीं मात्र प्रयोग गर्दा कम्तीमा पाँच वर्षदेखि १० वर्ष वा अझै धेरै हुने गर्छ ।
तर ध्यान दिनुपर्ने कुरा नेचुरल ‘हेयर एक्सटेन्सन’ मानिसकै कपालले बनेको हुनाले यसलाई आफ्नै कपाल जसरी स्याहार गर्नुपर्ने हुन्छ । जसले यसलाई थप लामो समयसँग टिकाउन मद्दत गर्छ ।
कति पर्छ मूल्य ?
नेचुरल हेयर एक्सटेन्सनको गुणस्तर राम्रो हुने भएकाले यसलाई लामो समयसम्म प्रयोग गर्न सकिन्छ । मान्छेको प्राकृतिक कपालबाट बनाइने भएकाले यसको मूल्य अलि बढी पर्छ । यसको मूल्य दुई हजारबाट सुरु भएर एक लाख रुपैयाँसम्म पर्न सक्छ
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
अफताफ आलमलाई सफाई दिने न्यायधीशलाई युवाहरुले मोसो दले
आज क्रिसमस डे हर्षोल्लासका साथ मनाइँदै
गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा यातायात निषेध
पत्रकार खरेलद्वारा सञ्चारमन्त्रीको पदभार ग्रहण
प्रार्थना विकल्प होइन बरु लगानि गर्नु हो
जलेका मन्त्री निवास रंग्याइँदै।
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने





