single page top banner

एमाले रत्ननगर वडा नं ६ को अध्यक्षमा सापकोटा चयन

Dunami_nadmin Dunami_nadmin
शनिबार, बैशाख 25, 2082
Social buttons loaded
समाचार सारांश
  • रत्ननगर, माघ १२ ।
  • नेकपा एमाले रत्ननगर नगरपालिका वडा नं ६ वडा कमिटीको अध्यक्षमा रामचन्द्र सापकोटा चयन भएका छन् ।

रत्ननगर, माघ १२ । नेकपा एमाले रत्ननगर नगरपालिका वडा नं ६ वडा कमिटीको अध्यक्षमा रामचन्द्र सापकोटा चयन भएका छन् ।

वडा कमिटीको अधिबेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा लक्ष्मी गोदार चौधरी, सचिवमा सरस्वती सापकोटा रिजाल, सहसचिवमा कुशल सुवेदी र गंगिया चौधरी चयन भएका छन् ।

रत्ननगर वडा नं ६ मा ७५ प्रतिशत बढी महिलाहरुलाई सहभागी गराएर वडा कमिटी गठन गरिएको छ । पूर्व जिल्ला कमिटी सदस्य लोकराज भूषालको अध्यक्षतामा भएको एक औपचारिक कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज दुर्गाप्रसाद घिमिरेले नयाँ कमिटीको घोषणा गरेका थिए ।

कमिटीको घोषणा लगतै कार्यक्रमकी प्रमुख अतिथि केन्द्रीय कमिटी सदस्य प्रभा बरालले नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथप्रहण गराएकी थिइन् ।

सो अबसरमा केन्द्रीय सदस्य बरालले एमालेजनहरु एकताबद्ध भएर पार्टीलाई नयाँ उचाईमा लैजानु पर्ने अभिभारा आइपरेको बताए । एमालेलाई चौतर्फी रुपमा आक्रमण भइरहेको भन्दै यस्तो बेला एमालेहरु विचल्लित हुनु नहुने तर्क गरिन । केन्द्रीय कमिटी सदस्य कपिलदेब पोखरेलले जनभावना बुझेर काम गर्ने एकमात्र पार्टी एमाले रहेको हुँदा कार्यकर्ताहरु निरास हुनुनपर्ने बताए ।

प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज टीका पौडेलले विरोधीहरुको घेराबन्दीका बाबजुद पनि एमाले आफ्नै रफ्तारमा अगाडि बढिरहेको भन्दै पार्टीलाई मजदुत बनाउन कार्यकर्ताको लगाब आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्य प्रताप डल्लाकोटी, जिल्ला कमिटी सदस्य विन्दा कार्की, नगर अध्यक्ष इश्वरीप्रसाद अर्याल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
single post sidebar 2
single post sidebar 1 banner