single page top banner

जहाँ आँपको सिजनमा मलामी जान समेत तँछाडमछाड हुन्थ्यो

Dunami_nadmin Dunami_nadmin
आइतबार, भाद्र 19, 2081
Social buttons loaded
समाचार सारांश
  • हामीकहाँ आँपसँग जोडिएको अनेकन् लोकमान्यता छन् ।
  • आँप कोसेली पुर्‍याउने चलन छ ।

हामीकहाँ आँपसँग जोडिएको अनेकन् लोकमान्यता छन् । आँप कोसेली पुर्‍याउने चलन छ । सरुवा बढुवा, नोकरी, चाकरीका लागि ‘आँपको टोकरी’ लगिने वा पठाइने परिपाटी पनि विद्यमान छ । ‘आँप पाकेकै बेला पारेर कोही मरिदेओस्, अनि मलामी जान पाइयोस्’ भन्ने एकसाथ मिठासपूर्ण र विसंगतिपूर्ण अभिव्यक्ति चाहिं सित्तिमिति भेटिंदैन ।

यो भेगीय बोलीले आँपको रसमा दूध र चिनी मिलाएर बनाइने ‘मेङ्गो शेक’ पिइरहेका सहरवासीलाई मात्रै होइन, रैथाने बीउबिजन एवं माटो संरक्षणमा बोलिरहने सम्पूर्ण संरक्षणकर्मीहरूलाई हच्काउँछ । ‘आच्या, कुनै आँप यति मीठो पनि हुन्छ र भन्या ?’ भन्ने भावाभिव्यक्ति निकालेरै छाड्छ । र, हामी आज त्यही आँपको किस्सा सुनाउँदैछौं ।

नेपालमा जेठको सुरुदेखि भदौ महिनाको अन्तिमसम्म आँपको सिजन हो । वसन्त ऋतु (चैत र वैशाख)भर मुजुरा हाल्ने र चुकिन (अमिलोपन) थाल्ने आँपहरूले आकार लिंदै ग्रीष्म (जेठ असार) लागेसँगै छिप्पिन र सुगन्धसहित स्वादपूर्ण देखिन थाल्छन् । अनि त्यसपछि ऋतुहरूको राजा ‘वसन्त’, फलफूलको राजा आँपलाई आफ्नो सौन्दर्य सुम्पिएर लापता हुन्छन् ।

धादिङ र गोरखाको कम्मरमा काउकुती लगाएर बगिरहेकी बूढीगण्डकी नदी तरेर हामीलाई गोरखास्थित शहीदलखन-९ मा रहेको ऐतिहासिक एवं धार्मिक भीमवीरेश्वर मन्दिर (सत्तल) जानु थियो । जाँदै गर्दा हपक्क गर्मीमा शीतल बतास दिइरहेका, चराहरू बोलाएर हाम्रा कानलाई सुमधुर बनाइदिने विशाल डेढ दर्जन बढी आँपका वृक्षहरूसँग हाम्रो जम्काभेट भयो ।

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
मान्छे किन दु:खी हुन्छ ?
मान्छे किन दु:खी हुन्छ ?
शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम
शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम
एयर इण्डियाको विमान दुर्घटनामा १ सय ४१ को मृत्यु , १ जना बाच्न सफल
एयर इण्डियाको विमान दुर्घटनामा १ सय ४१ को मृत्यु , १ जना बाच्न सफल
गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता
गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता
केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठबारे पुस्तक सार्वजनिक
युग पुरुष स्व. रोबर्ट कार्थकको जीवन गवाही
युग पुरुष स्व. रोबर्ट कार्थकको जीवन गवाही
सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)
सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)
भेगनमा भेराइटी पस्किरहेको रेस्टुरेन्ट (भिडियो)
single post sidebar 1 banner