एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड
- काठमाडौं, माघ १२ ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
काठमाडौं, माघ १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले एमालेसँगको एकता र त्यसपछिको सहकार्य धेरै दिन टिक्न नसकेको भन्दै अब एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।
उनले ८४ को निर्वाचन माओवादीले आफ्नै शक्तिको बलमा लड्ने निर्णय पार्टीले समेत गरिसकेको उल्लेख गरे । प्रचण्डले माओवादीका धेरै कमीकमजोरीलाई सुधार गर्दै जनताको विश्वास जित्ने गरी अघि बढ्ने उल्लेख गरे ।
उनले बिचौलियाहरूको सेटिङ भत्काउन खोज्दा चलखेल गरेर असंवैधानिक रूपमा सङ्ख्याको बलमा आफूलाई हटाउने खेल भएको दोहोर्याए । अध्यादेशबाट शासन गर्ने गलत परम्परा देखिएपछि विपक्षीहरू एक भएर सदन बोलाउन दबाब दिएकै कारण सरकारले सदन आह्वान गरेको उनको भनाइ छ ।
प्रचण्डले अव विपक्षीहरू सामूहिक रूपमा अघि बढ्ने र समाजवादी मोर्चालाइ समेत सक्रिय बनाउने धारणा राखे ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
एयर इण्डियाको विमान दुर्घटनामा १ सय ४१ को मृत्यु , १ जना बाच्न सफल
शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम
पन्ध्रौँ चितवन महोत्सव सम्पन्न
हट्यो कर्फ्यु र निषेधाज्ञा, जनजीवन सामान्य बन्दै
आम आक्रोशलाई सदुपयोग गर्ने रविको चेष्टा
पुर्नउत्थान महोत्सवमा रमाउदै हिलसङ चर्चका बालकालिकाहरु
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने


