
मिस एलिजावेथ फ्रेन्किलिनलाई भारतको कालिङपोङबाट रोबर्ट कार्थकलगायत अन्य तीन जना नेपालीभाषीहरुलाई काठमाडौं ल्याउनु थियो . स्कूलमा शिक्षकको लागि । कालिङपोङमै स्वर्गिय डा.राजेन्द्र रोगोंगोसँग नेपाली भाषा राम्रो सिकेर मिस एलिजावेथ नेपाली भाषा राम्रै वोल्न र लेख्न जान्ने भएपछि सन् १९५६ मा रोबर्ट कार्थकसँगै अन्य तीन जना नेपालीभाषीहरुलाई आफ्नो साथमा ल्याई उहाँहरु पहिलो पटक काठमाडौं आइ पुग्नुभयो ।
मिस एलिजावेथले रोर्बट कार्थकलगायतकाहरुलाई काठमाडौंमा ल्याई काठमाडौंमा एक कन्या ख्रीष्टियान पाठशाला खोल्नु थियो । त्यही उद्देश्यका साथ मिस एलिजावेथको अनुरोधमा रोबर्ट कार्थकले पनि त्यही स्कूलको शिक्षक वन्ने चाहाना वोकेर नेपाल आउने ईच्छा गर्नुभयो ।
त्यतिवेला २१ वर्षको यूवा रोबर्ट कार्थकले कालिम्पोङबाट काठमाडौंमा आई कुनै चर्च स्थापना गर्नुपर्छ र पास्टरीय सेवा सम्हाल्नु पर्छ भन्ने परिकल्पना समेत थिएन । उता मिस एलिजावेथलाई भने काठमाडौंको ज्ञानेश्वरमा ख्रीष्टियान मुल्य मान्यता बोकेको स्कूल संचालनमा ल्याउन थियो र उनको उद्धेश्य रोबर्ट कार्थकलगायतकाहरुलाई उक्त स्कूलमा जागीर पनि दिनु थियो । यो कुरा थियो सन् १९५६ हो ।
अन्ततः तत्कालिन सरकारले मिस एलिजावेथलाई त्यही समयमा ज्ञानेश्वरमा उक्त स्कूल संचालनका लागि अनुमती नै दिन सकेन । कारण थियो उनी इसाई हुनु । तत्कालिन सरकारको इसाईहरुप्रतिको कडा व्यवहार देखेर पनि मिस एलिजावेश निराश भइनन् । तत्कालिन सरकारबाट स्कूल संचालन गर्ने अनुमती नपाएपछि त्यसपछि उहाँहरु सबै करिव एकवर्ष जति भक्तपुरमा वस्न जानुभयो । एक पर्ष पछि निर्णय मिस एलिजावेथको फेबरमा भयो । अन्ततःत्यसको एकवर्ष पछि काठमाडौंको ज्ञानेश्वरमा महेन्द्र भवन कन्या पाठशाला संचालन गर्न सफल हुनुभयो । केही वर्ष रोबर्ट कार्थक लगायतकाहरुले त्यही पाठशालामा अध्यापन गर्ने अवसर पाउँनुभयो । स्थापनाको केही वर्षपछि उक्त स्कूल तत्कालिन सरकारले आफ्नो स्वामित्वमा लियो । अहिलेसम्म पनि उक्त स्कूल सरकारको मातहातमा संचालनमा छ ।
यही समयक्रम सँगै र परमेश्वरको ईच्छास्वरुप रोर्बट कार्थकको अगुवाइमा सन् १९५७ सालमा काठमाडौंको डिल्लीबजारमा एउटा सानो कोठामा भुमिगतरुपमा संगति सुरु हुन थाल्यो । पछि त्यही संगतिले नै नेपाली इसाई मण्डली ज्ञानेश्वरको नाम धारण गरयो । २१ वर्षको लक्का जवान रोबर्ट कार्थकलाई त्यतीखेर डिल्लीबजारमा सुरु भएको नेपाली संगतिको अगुवाइ गर्ने अवसर मिल्यो । लगातार केही वर्षसम्म उहाँले त्यो संगतिको अगुवाई गरि रहनु भयो । पछि त्यही संगतिको पास्टर अभिषेक भएर पास्टरीय सेवा गर्ने अवसर मिल्यो कार्थकलाई । सोचेको भन्दा फरक हुन गयो उहाँको जीवनमा । किनकि मिस एलिजावेथको साथमा पहिलो पटक नेपालमा आउँदा उहाँ शिक्षक वन्ने उद्देश्यका साथ नेपाल आउनु भएको थियो ।सवै कुराबाट परमेश्वरले जहिले पनि भलाई नै गर्नुहुन्छ भनेजस्तै पास्टर कार्थकको जीवनमा परमेश्वरले मिस एलिजावेथलाई ल्याएर आफ्नो जीवनमा ठूलो भलाई गर्न खोज्नु भएको रहेछ भन्ने कुरा महसुस भयो पास्टर कार्थकलाई । उहाँ भन्नुहुन्छ– ‘ किनकि मिस एलिजावेथले मलाई कालिङपोङबाट काठमाडौं नल्याउनु भएको भए आज म यस्तो अवस्थामा संभवतः हुने थिएन ’ ।
सन् १९२६ जनवरी दस तारिख आमा स्वर्गीय प्रेमकिथ लेप्चा र स्वर्गीय वुवा रिबु कार्थकको दस सन्तान मध्येको एक सन्तानकोरुपमा पास्टर कार्थकको जन्म भारतको कालिङपोङमा भएको हो । उहाँका वुवाआमाका दस छोराछोरीमध्येमा हालसम्म रोर्बट कार्थक मात्र जिवीत हुनुहुन्छ । त्यसो त पास्टर कार्थकको ख्रीष्टियान परिवारमा नै जन्म भयो । तर जन्म भएको २१ वर्षको उमेरमा मात्र कार्थकले येशूलाई आफ्नो जीवनको मुक्तिदाता र जीवनदाता भनेर ग्रहण गर्नुभयो । उहाँले कालिङपोङस्थित प्रेस विटिरियन चर्चको सेवा संगतिबाट नै प्रभुलाई ग्रहण गरेर त्यहाँको सेवा–संगतिमा आफ्नो आत्मिक जीवनलाई मलजल हाल्ने अवसर पाउनु भयो । सन् १९६६ सालमा डिल्लीबजारको संगतिमा पवित्र आत्माको वप्तिस्मा पाएपछि मात्र जीवनमा नयाँ जोश र शक्ति प्राप्त गरेको दावी गर्नुहुन्छ अहिले पास्टर कार्थक ।
त्यसो त उहाँलाई सन् १९६६ मा पोखराको रामघाटस्थित हरियो खर्क अस्पतालका चिकित्सकहरुले प्रार्थना गर्दाखेरी पवित्र आत्माको वप्तिस्मा पाई सहभागीहरुले अन्यभाषा प्रार्थना गरेको खवर सुन्नु भएको थियो–काठमाडौंमा हुँदा । त्यसदिनदेखि पास्टर कार्थकलाई पनि पवित्र आत्माको वप्तिस्माप्रति तृष्णा वढेको रहिछ । त्यती वेला उहाँ एनसिएफ नेपालको अध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँले परमेश्वरसँग यस्तो शर्त राख्नु भयो – ‘प्रभु यदी मैले पनि पवित्र आत्माको वप्तिस्पमा पाइन भने म एनसिएफ नेपालको अध्यक्ष पदबाट राजीनामा दिन्छु ’ । पोखराको हरियो खर्कमा भएको उक्त पवित्र आत्माको वप्तिस्मा जागृती पछि पास्टर कार्थकमा पनि पवित्र आत्माको वप्तिस्पमाप्रतिको तृष्णा निकै वढ्दै गयो ।
सन् १९६८ सालमा डिल्लीबजारको एउटा कोठामा भुमिगतरुपमा संगति गरिरहँदा जीवनमा पहिलो पटक पवित्र आत्माको भरपुरी र वप्तिस्मा पाउँनु भएको थियो कार्थकले । अनी उहाँको पवित्र आत्माको वप्तिस्माको तृष्णा पूरा भयो यती बेला मात्र पूरा भयो ।
अनी एनसिएफ नेपालको नेतृत्वबाट पनि उहाँले राजीनामा दिनुभएन । कारण परमेश्वरसँगको शर्त पूरा भयो– पवित्र आत्माको भरपुरी पाएर । उहाँ भन्नुुहुन्छ ‘पवित्र आत्माको वप्तिस्मा विनाको ख्रीष्टियान मानिस अस्पताल शैयामा विरामी भएर सुतेको विरामि मानिस जस्तो हो, अस्पताल शैयामा सुतेको विरामी मानिस जीवित हुन्छ तर सवै काम कुरा उ आफै गर्न सक्दैन् अरुको साहारा चाहिन्छ, हो पवित्र आत्माको वप्तिस्मा विनाको ख्रीष्टियान जीवन पनि अस्पताल शैयामा विरामी भएर सुतेको त्यो विरामी मानिस जस्तै हो’ । त्यसो त पास्टर कार्थक जोसुकै इसाईहरुलाई पवित्र आत्माको भरपुरीको साथ पवित्र आत्माको वप्तिस्मा पाएर प्रभुको सेवामा लाग्नुपर्छ भन्ने सुझाउँनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘पवित्र आत्माको भुरपुरीको ख्रीष्टियान जीवन शक्तिशाली हुन्छ’ ।
सन् १९५७ सालमा काठमाडौंमा नेपाली इसाई मण्डली स्थापना भएदेखि उक्त चर्चको पहिलो अभिषिक्त पास्टरकोरुपमा रोर्बट कार्थक नियुक्त पाउनु भयो । उहाँ भारतमा जन्मेर नेपालमा आएर पोखरास्थित रामघाट चर्चका पहिलो पास्टर डेविड मुखियाको हातबाट पोखरामा पानिको वप्तिस्मा लिनु भयो । उहाँ भन्नुुहुन्छ, सन् १९५० को दशकमा नेपालमा यूएमएन,आइएनएफ (तत्कालिन नेपाल इभान्जलिकल ब्यांड)ले गरेको योगदानलाई हामी नेपालीहरुले कहिल्यै पनि भुल्नुहुँदैन् । उहाँले नेपालमा आधुनिक मण्डलीको जग वसाल्नको लागि यूएमएन, आएनएफको ठूलो भूमिकालाई हामीले कसैगरि पनि भुल्नुहुँदैन ।
सन् १९५० को दशकका सुरुमा नेपाल आउँदा पास्टरिय सेवा गरेर जीवनभरि प्रभुको सेवा गर्छु भन्ने कहिल्यै पनि आफ्नो त्यस्तो अठोट नभएको बताउँनुहुन्छ पास्टर कार्थक । सन् १९५७ मा पास्टर कार्थकले सेवा सुरु गर्दा काठमाडौं राजधानीमा हातको औंलामा गन्न सक्ने जति पनि इसाईहरु थिएनन् । यद्दपी तत्कालिन पुतलीसडक चर्चमा क्यारेलियनहरुले संगती शुरु गरि सकेका थिए । गरिरहेका थिए तर त्यहाँ नेपालीहरु भने नगन्य थिए । नेपाली इसाई मण्डली स्थापना भएको करिव तीन दशकसम्म रोर्बट कार्थकले सफलरुपमा पास्टरीय सेवा सम्हाल्नु भयो । हिजोआज पनि उहाँ आफ्नै चर्चमा वचन प्रचार गर्नुहुन्छ । केही महिना अघि मात्र सिंगापुरमा नेपाली चर्चमा उहाँ वचन प्रचारको लागि पुग्नुभएको थियो । वचन प्रचार गर्ने उहाँको जीवनको पहिलो उद्देश्य भएको दावी गर्नुहुन्छ ।
जीवनमा सवै मानिसहरुले एक शताब्दि आयु पाउँदैनन् । संसारमा विरलै मानिसहरुले आफ्नो जीवनको एक शताब्दिसम्म जीवन्त रहने अवसर प्राप्त गर्छन् । तर नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्चका यी नै वरिष्ठ पास्टर रोर्बट कार्थक यस्ता व्यक्ति हुन् जसले जीवनका ९२ वसन्त पार गरि सक्ुन भएको छ अर्थात एक शताब्दि हिड्दै हुनुहुन्छ । यस्तो अवसर आज जोकसैलाई मिल्दैन । त्यो अवसर पाउँनु भएको छ पास्टर कार्थकले । उहाँ भन्नुहुन्छ जीवनमा मान, सम्मान र आयू पनि परमेश्वरबाट नै आउँछ । र भन्नुहुन्छ,–‘वाँचुन्जेलसम्म प्रभुको सेवामा रहीरहन पाउँ ’ ।
उहाँ नेपाली इसाई समुदायका निकै प्रतिष्ठिन व्यक्तित्व हुनुहुन्छ । उहाँ एनसिएफ नेपालको संभवतः दोस्रो कार्य समितिको दोस्रो अध्यक्ष भएर पनि नेपाली इसाई मण्डलीहरुको पहिलो संगठन भनेर स्थापित एनसिएफ नेपाललाई पनि अगुवाई गरिसक्नु भएको छ ।
यी संवाददाताले उहाँलाई ज्ञानेश्वरस्थित उहाँको डेरावाल घरमा अन्तर्वार्ताका लागि भेट्दा उहाँमा अझैपनि परमेश्वरको खातिर नौ कुनै लक्का यूवाजस्तै जोश र जागर थियो । उहाँले भन्नुभयो–‘शरीरले नसकेपनि अझै पनि एक दिनमा २÷३ घण्टा वचन प्रचार गर्न सक्छु’। त्यसो त उहाँले अहिलेसम्म औपचारिकरुपमा कुनै पनि बाइबल कलेजबाट थ्योलोजी अध्ययन गर्नुभएको छैन् उद्दपी उहाँमा बाइबललाई गहिराईसम्म गएर व्याख्या र विश्लेषण गर्न सक्ने क्षमता छ । उहाँ भन्नुहुन्छ,–‘मेरो जीवनमा यो सवै परमेश्वरको प्रकाश हो’ । कालिङपोङमा हुँदा आइ.ए.सम्म मात्र अध्ययन गर्नुभयो उहाँले । त्यस वाहेक लन्डनमा करिव एक वर्षको बाइबल तालिम मात्र लिनुभयो त्यस वाहेक खासै उहाँले बाइबल थ्योलोजी गर्नु भएको छैन भन्दा फरक पर्दैन । तर उहाँ अरुलाई बाइबल थ्योलोजी अध्ययन गर्ने कुरामा भने जोड दिनुहुन्छ ।
उहाँ नेपालीभाषीहरु विश्वभरमा फैलिएर नेपालीभााषी मण्डलीहरु स्थापना गरेर प्रभुको सेवामा लागेको देखेर निकै हर्षित हुनुभएको छ । उहाँ भन्नुहुन्छ उहिले हाम्रो पालामा राजधानी काठमाडौंमा औंलामा गन्न सकिने मात्र इसाईहरु थिए तर अहिले संसारभर असंख्य नेपालीभाषी मण्डलीहरु स्थापना भएका छन् यो हाम्रो लागि गर्वको कुरा हो । उहाँले यो सव हाम्रो वल र वुद्धिले नभई परमेश्वरको अनुग्रहले भएको बताउनु भयो ।
पास्टर कार्थक नेपाली इसाई समुदाय र विश्वभर छरिएर रहेका नेपालीभाषी इसाईहरुमाझ परिचित हुनुहुन्छ । उहाँलाई विश्वभर छरिएर रहेका नेपालीभाषी इसाईहरुले निकै सम्मानका साथ हेर्ने गर्दछन् । उहाँ सवैका प्रिय हुनुहुन्छ । उहाँको श्रीमतीको नाम मेरी कार्थक हो । श्रीमती मेरी कार्थकले केही वर्ष पहिले नै प्रभुमा विश्राम लिइसक्नु भएको छ । पास्टर कार्थकका दुई छोरा छन् । नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्चका पास्टर समेत रहनुभएका पास्टर शमूएल डन कार्थक उहाँका जेठा छोरा हुन् । उहाँका कान्छा छोरा दानिएल कार्थक अमेरिकामा वसोवास गर्दै आउनु भएको छ ।
जीवनमा अब परमेश्वरको खातिर केही गर्न पनि बाँकी नरहेको सुनाउँनुहुन्छ पास्टर रोर्बट कार्थक । उहाँले भन्नुभयो–‘अब परमेश्वरले मलाई यो संसारमा कति राख्नुहुन्छ थाहा छैन् तर स्वास रहुन्जेलसम्म परमेश्वरको वचन प्रचार गरि रहन पाउँ ’ । यी संवाददाता उहाँसँग अन्तर्वार्ता गर्ने क्रममा उहाँले आफ्नो जीवनमा पछुतो मान्ने एउटा कुरा मात्र भएको रहस्य खोल्नुभयो–त्यो थियो यौवनकालमा बाइबल अध्ययन धेरै नगरेकोमा मात्र पछुतो छ भन्नुभयो । पास्टर कार्थकले अब आँखा त्यती प्रष्ट नदेख्ने भएकोले बाइबल पढ्न मन लागे पनि शरीर र आँखाले पढ्न सक्दिन भन्दै गुनासो पोख्नुभयो । उहाँले अहिलेका यूवा पुस्ताहरु बाइबल अध्ययनमा समय विताएर परमेश्वरको आवाज सुनेर उहाँको पछि लाग्नु पर्ने कुरा सुझाउनु हुन्छ ।
हालमा विश्वभरमा नेपालीभाषी चर्चहरुमा जागृती आएको देख्दा परमेश्वरले नेपालीभाषीहरुबाट संसारभरमा काम गर्दै हुनुहुन्छ भन्नुभयो ।
। यो स्टोरी सन् २०१६ मा स्वर्गीय पास्टर रोबर्ट कार्थकसँगको कुराकानीमा आधारित रहेर लेखिएको हो । उहाँको यही जेठ ४ गते उपचारकाक्रममा निधन भइ सकेको छ ।
कार्यालयको ठेगानाः भक्तपुर, नेपाल
ईमेलः info.dunamisnews@gmail.com
स्रोत उल्लेखित बाहेक डुनामिस न्युजमा प्रकाशित सम्पूर्ण सामग्रीहरू डुनामिस मिडियाको स्वामित्वमा रहेका बौद्धिक सम्पत्ति हुन्। यहाँ प्रकाशित कुनै पनि सामग्री छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि लिखित अनुमति लिनुहुन अनुरोध गरिन्छ।