बुध, बैशाख १०, २०८२
Search
बुध, बैशाख १०, २०८२

दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न

२०७८ वैशाख ७, ठिमी, भक्तपुर – यस वर्षको इस्टर अर्थात् पुनरुत्थान महोत्सव राजधानी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला—काठमाडौं, भक्तपुर र ललितपुर—लगायत देशभरका इसाई समुदायले विविध कार्यक्रमहरूका साथ अत्यन्त भव्य रूपमा मनाएका छन्।

विशेषगरी भक्तपुरको चारदोबाटोस्थित किङ्ग बैंकेटको खुला मैदानमा आज आइतबार आयोजित उपत्यकाव्यापी महोत्सवमा हजारौं ख्रीष्टियनहरूको उत्साहजनक सहभागिता रहेको थियो। बिहानै आफ्ना-आफ्ना चर्चहरूमा प्रभातकालीन सेवा सम्पन्न गरी, राजधानीका विभिन्न स्थानबाट शान्ति पदयात्रा गर्दै सहभागीहरू बिहान ९ बजे मुख्य कार्यक्रमस्थलमा भेला भएका थिए।

महोत्सव समारोहमा क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर डा. मंगलमान मर्हजनले येशू ख्रीष्टको पुनरुत्थानको सन्देशसँगै यसको आध्यात्मिक महत्वबारे प्रेरणादायी प्रवचन दिनुभयो। कार्यक्रममा नेपाली इसाई मण्डलीका पास्टर सिमोन पाठक, भक्तपुर ख्रीष्टियन समाजका अध्यक्ष पास्टर श्याम लामा, ललितपुर ख्रीष्टियन समाजका अध्यक्ष पास्टर सुन्दर गुरुङपुनरुत्थान महोत्सव काठमाडौंका संयोजक पास्टर पूर्ण बिष्टलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन पास्टर रविनकाजी बैद्यले गर्नुभएको थियो भने संयोजक पास्टर डिल्लीराम पौडेलले स्वागत मन्तव्य दिनुभएको थियो। नेपाली इसाई मण्डली, कालोपुलको अगुवाइमा भएको सङ्गीत आराधना झुण्डले माहोललाई भक्तिपूर्ण बनायो। औपचारिक कार्यक्रमपछिको सांस्कृतिक कार्यक्रम सञ्चारकर्मी पास्टर कुमार सुनाम अब्राहामको सञ्चालनमा सम्पन्न भयो, जसमा विभिन्न चर्चका युवा र कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।

महोत्सवको विशेष पक्षमा उल्लेखनीय कुरा के थियो भने, यसपटक ६०० भन्दा बढी ख्रीष्ट अनुयायीहरूले रक्तदान गरेर सामाजिक उत्तरदायित्वमा सक्रिय सहभागिता जनाएका थिए।

यसपटकको पुनरुत्थान महोत्सवको अध्यक्षता पास्टर देव कुमार क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रमको समन्वय पास्टर डिल्लीराम पौडेलले गर्नुभएको थियो। यसअघि राजधानीको भृकुटीमण्डप वा खुल्लामञ्चमा हुने कार्यक्रम, यसपालि पहिलो पटक भक्तपुरमा आयोजना गरिँदा पनि उत्साह र सहभागिताको कुनै कमी देखिएन।

Picture of Dunamis News

Dunamis News

ताजा अपडेट

Follow Us

© २०२५ Dunami News

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।