रामबहादुर बुढा, अछाम ।

हामी सबले केही न कही पाप गर्ने गर्छौ ।
तर क्षमा पाएनौ भने नरक गएर मर्छौ ।।

बाइबल भन्छ सबै मानिसले पाप गरे ।
पापको क्षमा नपाएमा नरक जान्छन् भरे ।।

स्वर्ग जान धर्मकर्म अब छैन खाँचो ।
मुक्ति उद्धार पाउनलाई येशुमा छ साँचो ।।

येशु आउनु भो संसारमा मानिस बनेर ।
सब जनाले मुक्ति उद्धार पाउन भनेर ।।

विश्वास गरौ सबैले सुसमाचार सुनेर ।
येशु नै बाटो, सत्य, जीवन हुन भनेर ।।

येशुले दिन्छन् पृथ्वीमै शान्ति र सुख ।
विश्वास गरी पुकार्यौ भने टारिदिन्छन् दुख ।।

संसारलाई स्वर्ग लाने बाटो हुन येशु ।
अनुग्रहबाट मुक्ति दिने जीवन हुन् येशु ।।

जस्तो शैतान पनि भाग्छन् उनकै नाँउमा ।
धैर्य गरी पर्खियौ भने पुग्छौ स्वर्गीय गाँउमा ।।

दुख पर्दा सहारा हुन् तिर्खा लाग्दा पानी ।
नरकबाट छुटाउने येशु आँखाको नानी ।।

पापीहरुलाई मुक्ति दिन येशु आउनुभो ।
धन्य प्रभ आफ्नो ज्यानको बाझी लाउनु भो ।।

येशुलाई मात्र क्षमा दिने हुन्छ अधिकार ।
त्यसैकारण छिट्टै पापको पश्चाताप गर ।।
त्यसैकारण छिट्टै पापको पश्चाताप गर ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *