हट्यो कर्फ्यु र निषेधाज्ञा, जनजीवन सामान्य बन्दै
- काठमाडौँ ।
- नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ ।
काठमाडौँ । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ ।

सबै जनता आफ्नो पेशा व्यवसायमा संलग्न हुने क्रम शुरु भएको छ । जेन–जी युवापुस्तासहित सम्पूर्ण परिवर्तन चाहने देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको छ ।
भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेन–जी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार सरकार गठन भएको छ ।
यो अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गराउने भएको छ ।
आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानूनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने म्यान्डेट पाएको छ ।
अब भने सरकारी कार्यालयहरुलाई फेरि लयमा फर्काएर काम चालु गर्नुपर्नेछ । भग्नावशेष बनेको सिंहदरबारलाई ठडाउनु पर्नेछ ।
जेन–जी आन्दोलनमा भएका घटनाका दोषीलाई कारबाही गर्नुपर्नेछ ।
भ्रष्टाचार विरुद्धको अभियान पहिलो प्राथमिकता भएकाले भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारबाही गर्न सशक्त आयोग गठन गर्नुपर्नेछ ।
नेतालाई साथ दिने कर्मचारी प्रायः छोइएका छैनन् । सीमित बाहेक अधिकांश कर्मचारीलाई त्यो प्रणालीले भ्रष्ट बनाएकै हो । त्यसकोसमेत छानबिन गर्नुपर्नेछ र कारबाही गर्नुपर्नेछ ।
मेरो मान्छे र तेरो मान्छे भन्ने भावनाबाट बाहिर निस्केर विधिको शासनमा सबै बाँधिनु पर्नेछ ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
शुभकामना
पत्रकारिता र इसाई समाजमा अमुल्य वरदान हुन पादरी प्रधान
को हुन् सुशीला कार्की ?
गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता
तरकारीसँगै विष, उपभोक्ता स्वास्थ्यमा खेलबाड
सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)



