दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न

२०७८ वैशाख ७, ठिमी, भक्तपुर – यस वर्षको इस्टर अर्थात् पुनरुत्थान महोत्सव राजधानी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला—काठमाडौं, भक्तपुर र ललितपुर—लगायत देशभरका इसाई समुदायले विविध कार्यक्रमहरूका साथ अत्यन्त भव्य रूपमा मनाएका छन्। विशेषगरी भक्तपुरको चारदोबाटोस्थित किङ्ग बैंकेटको खुला मैदानमा आज आइतबार आयोजित उपत्यकाव्यापी महोत्सवमा हजारौं ख्रीष्टियनहरूको उत्साहजनक सहभागिता रहेको थियो। बिहानै आफ्ना-आफ्ना चर्चहरूमा प्रभातकालीन सेवा सम्पन्न […]