डुनामिस न्युज, विरगंज। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसांसद अफताफ आलमलाई सफाई दिने उच्च अदालत जनकपुरको अस्थाई इजलास बीरगंजको न्यायधीश द्वय खुशीराम थारु र अर्जुन महत माथि इजलासमै मोसो प्रहार भएको छ ।
इजलास चलिरहेकै अवस्थामा केहि युवाहरुको समूह प्रवेश गरेर उनीहरुमाथि मोसो प्रहार गरेका हुन ।
इट्टाभत्तामा जिउदै मानिस जलाएका आरोप लागेका पुर्व मंत्री मोहम्मद अफताफ आलमलाई सफाई दिएको भन्दै कालो मोसो छ्याप्ने ती युवकहरु धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी बहुमतका कार्यकर्ता रहेको खुलेको छ ।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले दुई जना न्यायधीशमाथि कालो मोसो प्रहार भएको बताएका छन ।
न्यायाधिशहरुमाथि कालो मोसो प्रहार गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा प्युठान घर भई हाल ललितपुर कुपन्डोल बस्ने नेकपा माओवादीका केन्द्रिय सदस्य ३८ बर्षीय अविनाश भनिने किशोर कुवर, सर्लाही बर्षहवा नगरपालिका -२ बस्ने ४३ बर्षीय बहुमतका जिल्ला इञ्चार्ज पदम बहादुर मगर र सिराहा गोल्बाजार नगरपालिकाका बर्ष ४८ का नेकपा बहुमतका सिराहा समिति सदस्य गर्बो महतो रहेका छन् ।
घटना पछि सुरक्षाकर्मीगरुले अदालत परिसरमा सुरक्षा बढाएको छ भने मोसो प्रहरमा संलग्न तिनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उनीहरुले जनताको कर खाने र जनताको विरुद्धमा फैसला गर्नेहरुमाथि नेकपा बहुमतले यसरी नै कारबाही गर्ने बताएका छन् । कालोमोसो प्रहार गरेपछि उनीहरुले भिडिओ बनाएर सार्वजनिक गरेका थिए ।
न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जेठ १४ गते जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाउदै पुर्व मन्त्री समेत रेहका आलमलाई सफाई दिएको थिए ।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएपछि नख्खु कारागारमा रहेका आलम रिहा भएका थिए ।
न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाएको थियो ।
आलममाथि पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित उनका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोप थियो ।
उच्च अदालतले आलमसहित उनका भाइ मोहम्मद महताव आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीलाई सफाइ दिएको थियो ।