पोखरा। सशस्त्र प्रहरीको टोलीले पोखराको फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेका व्याक्त्तिहरुलाई आज सकुशल उद्धार गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका–१८ खपौँदीस्थित फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनालाई सशस्त्र प्रहरी बल नं २४ गणको विपद् व्यवस्थापन टोलीले मोटरबोट र गोतखोरको मद्दतले उद्धार गरेको हो।
अवतरणका क्रममा अनियन्त्रित भई खसेका पाइलट मिलन शाह र अकलेस यादवलाई सुरक्षित उद्धार गरिएको छ।
यस्तै, हेप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी र भारतको बनारसका चन्दनकुमार पटेललाई उद्धार गरिएको सशस्त्र प्रहरी बल नं २४ गणका गणपति सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।
।