बिहि, जेष्ठ २९, २०८२
Search
बिहि, जेष्ठ २९, २०८२

एयर इण्डियाको विमान दुर्घटनामा १ सय ४१ को मृत्यु , १ जना बाच्न सफल

काठमाडौं । भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा परी १ सय ४१ जनाको मृत्यु भएको छ भने व्यक्तिको जीवितै उद्दार भएको छ ।

दुर्घटनामा जीवित रहेका व्यक्ति ४० वर्षीय विश्वास कुमार रमेश रहेको भारतीय प्रहरीले बताएको छ । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ ।

यसअघि विमानमा सवार २४२ जना यात्रुकै मृत्यु भएको स्थानीय प्रशासनले जानकारी गराएपनि एक जना व्यक्ति जीवितै रहेको पाइएको भारतका मिडियाहरुले जनाएका छन ।

अहमदावाद प्रहरीका आयुक्तले भनेका छन्, “मेरो अघिल्लो अभिव्यक्ति गल रुपमा उद्धृत गरिएको थियो, एक व्यक्ति जीवितै भेटिएका छन्,अहिले उहाँको अस्पतालमा उपचार भइरहेको छ ।”

भारतमा आफन्त भेट्न आएका विश्वास आफ्ना दाजु अजयकुमार रमेशसँग बेलायत फर्किँदै दिए । हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले भनेका छन्, “टेकअफ गरेको ३० सेकेण्डमै ठूलो आवाज आयो र त्यसपछि विमान दुर्घटनाग्रस्त भयो ।”

अहमदाबादबाट बेलायतको राजधानी लन्डनको दक्षिणमा रहेको ग्याटविक विमानस्थलकमा लागि एयर इण्डियाको विमान उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल नजिकै रहेको चिकित्सकहरुको आवासीय क्षेत्रमा विमान खस्दा भवनमा भएका मानिसहरु समेत गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार, बाँकी शवहरुलाई पोस्टमार्टमका लागि पठाइएको छ । घटनास्थलबाट सार्वजनिक भएको तस्वीर र भिडियोहरुमा विमानको केही भाग होस्टल भवन वरिपरि छरिएको देखिन्छ ।
विमानको पुच्छरपट्टीको भाग भवनको छतमा अड्किएको छ ।

भारतीय अधिकारीहरुका अनुसार, दुर्घटनाग्रस्त विमानमा ११ बालबालिकासहित २४२ जना यात्रु सवार थिए । तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली रहेको एयर इन्डियाले जनाएको छ ।

दिल्लीस्थित नेपाली दूतावासले नेपाली नागरिक समेत हुनसक्ने आशंकामा भारतीय अधिकारीहरुसँग समन्वय गरेको थियो । त्यसक्रममा भारतीय अधिकारीहरूले एउटा सूची पठाएका थिए, त्यसपछि विमानमा नेपाली नरहेको पुष्टि भएको थियो ।

एयर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले यो घटनालाई ‘विपत्तिपूर्ण दुर्घटना’ भनेका छन् । बेलायतका राजा चार्ल्सले विज्ञप्ति जारी गर्दै धेरै बेलायती नागरिक समेत सवार रहेको विमान दुर्घटना भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२० पुगेको छ।

गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीसहित २४२ जना यात्रु बोकेर लन्डनका लागि उडेको विमान टेकअफको दुई मिनेटमै दुर्घटनाग्रस्त भएको हो। विमान विमानस्थल नजिकै रहेको सिभिल अस्पतालका डाक्टरहरू बस्ने आवासीय भवनमा ठोक्किए थियो।

एयर इन्डियाको फ्लाइट नम्बर एआई-१७१, बोइङ ७८७ ड्रिमलाइनरले स्थानीय समयअनुसार दिउँसो १:३८ बजे विमानस्थलबाट उडान भरेको थियो। उडेको दुई मिनेटपछि नै १:४० बजे विमानले नियन्त्रण गुमायो।

प्रारम्भिक जानकारी अनुसार, इन्जिनमा प्राविधिक गडबडी आएपछि विमान विमानस्थलको पर्खालमा ठोक्किँदै नजिकै रहेको डाक्टरहरूको आवासीय भवनमा खसेको थियो।

विमानमा सवार २४२ जनामध्ये हालसम्म १२० जनाको शव भग्नावशेषबाट निकालिएको छ। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। विमानमा पूर्व मुख्यमन्त्री रूपाणीका अलावा ५३ जना बेलायती, ७ जना पोर्चुगिज र एक जना क्यानेडियन नागरिक पनि थिए।

विमान भवनमा ठोक्किँदा त्यहाँ बस्दै आएका कम्तिमा १५ जना डाक्टर घाइते भएका छन्। उद्धारकर्मीहरूले आगो निभाउँदै भग्नावशेषभित्र फसेकाहरूको खोजी कार्य जारी राखेका छन्।

पूर्व मुख्यमन्त्री विजय रूपाणी आफ्नी छोरीलाई भेट्न लन्डन जाँदै थिए।

Picture of Dunamis News

Dunamis News

ताजा अपडेट

Follow Us

© २०२५ Dunami News

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।