अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
- डुनामिस न्युज, काठमाण्डौ ।
- नेपाल मिसिनरी सोसाइटीको सहकार्यमा सिनाई मिनिष्ट्रिद्धारा बागमति प्रदेशको ललितपुरमा आयोजित ‘गो कन्फ्रेन्स’ राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्रीष्टियन साप्रदायिक एकताका साथ सम्पन्न भएको छ ।

डुनामिस न्युज, काठमाण्डौ । नेपाल मिसिनरी सोसाइटीको सहकार्यमा सिनाई मिनिष्ट्रिद्धारा बागमति प्रदेशको ललितपुरमा आयोजित ‘गो कन्फ्रेन्स’ राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्रीष्टियन साप्रदायिक एकताका साथ सम्पन्न भएको छ ।
ललितपुरमा अवस्थित क्रसवये चर्चमा कार्तिक ११ गतेदेखि १३ गतेसम्म संचालिन सम्मेलनमा नेपाल, भारत, अमेरिका, अफ्रिका, सिंगापुर, भुटान तथा जर्मन लगायतका देशहरुबाट मिसिनरीहरुको सहभागिता रहेको यस कन्फ्रेन्समा मिसिनरीद्वारा परमेश्वरले गर्नुभएको महान कार्यहरुको उल्लेख गरियो ।
सम्मेलनमा ग्लोबल मिसन नेपालका डा. नारायण शर्मा, क्वाइनोनिया चर्च पाटनका सांस्थापक पास्टर डा. मंगलमान महर्जन, लाइटहाउच चर्चका पास्टर वाबान लन्चारी, साउल हार्भेस्ट मिसनका चार्ली इलिट, क्राइष्ट चर्च इन्टरनेश्नल, हाउस अफ सोलुसन्स सेरमोनीका एडमन्ड साक्की ब्राउन्ड, सिंगापुरकी मिसिनरी काला निरंजन, क्राइष्ट चर्च मोकोहुङका पास्टर कोक हाउ लिम, नेपाल मिसन सोसाइटीका पास्टर सुनिल, नेपाल ख्रीष्टियन सोसाइटीका अध्यक्ष राजेन्द्र मल्ल, पत्रकार निरोज तोलाङ्गे लगायत अन्यले विश्वका मिसिनरीहरुको प्रभावले नै परमेश्वरको राज्य विस्तार भएको भन्दै हरेक मिसिनरीको सशक्तिकरण हुनुपर्नेमा जोड दिए ।
सम्मेलनमा मिसिनरीको कुनै सम्प्रदाय नहुने भन्दै उनीहरुले साम्प्रदायिक विभिधताको बहानामा ख्रीष्टीयनहरुले सेवाकाइको एकता र सहकार्यलाई बाधा पुर्याउन नहुनेमा जोड दिए ।
उनीहरुले यही सम्मेलनबाट परमेश्वरले नेपालमा जागृति सुरु गर्नु भएको भन्दै नेपाली विश्वासीहरु हालको अवस्थाबाट माथि उठेर विश्वभर मिसिनरीको रुपमा जान सक्ने विश्वास व्यक्त गरे ।















































प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
पन्ध्रौँ चितवन महोत्सव सम्पन्न
नँया बर्षसँगै नँया अभिषेक
पत्रकार खरेलद्वारा सञ्चारमन्त्रीको पदभार ग्रहण
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते


