single page top banner

दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न

Dunami_nadmin Dunami_nadmin
आइतबार, श्रावण 20, 2082
Social buttons loaded
समाचार सारांश
  • २०७८ वैशाख ७, ठिमी, भक्तपुर – यस वर्षको इस्टर अर्थात् पुनरुत्थान महोत्सव राजधानी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला—काठमाडौं, भक्तपुर र ललितपुर—लगायत देशभरका इसाई समुदायले विविध कार्यक्रमहरूका साथ अत्यन्त भव्य रूपमा मनाएका छन्।
  • विशेषगरी भक्तपुरको चारदोबाटोस्थित किङ्ग बैंकेटको खुला मैदानमा आज आइतबार आयोजित उपत्यकाव्यापी महोत्सवमा हजारौं ख्रीष्टियनहरूको उत्साहजनक सहभागिता रहेको थियो।

२०७८ वैशाख ७, ठिमी, भक्तपुर – यस वर्षको इस्टर अर्थात् पुनरुत्थान महोत्सव राजधानी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला—काठमाडौं, भक्तपुर र ललितपुर—लगायत देशभरका इसाई समुदायले विविध कार्यक्रमहरूका साथ अत्यन्त भव्य रूपमा मनाएका छन्।

विशेषगरी भक्तपुरको चारदोबाटोस्थित किङ्ग बैंकेटको खुला मैदानमा आज आइतबार आयोजित उपत्यकाव्यापी महोत्सवमा हजारौं ख्रीष्टियनहरूको उत्साहजनक सहभागिता रहेको थियो। बिहानै आफ्ना-आफ्ना चर्चहरूमा प्रभातकालीन सेवा सम्पन्न गरी, राजधानीका विभिन्न स्थानबाट शान्ति पदयात्रा गर्दै सहभागीहरू बिहान ९ बजे मुख्य कार्यक्रमस्थलमा भेला भएका थिए।

महोत्सव समारोहमा क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर डा. मंगलमान मर्हजनले येशू ख्रीष्टको पुनरुत्थानको सन्देशसँगै यसको आध्यात्मिक महत्वबारे प्रेरणादायी प्रवचन दिनुभयो। कार्यक्रममा नेपाली इसाई मण्डलीका पास्टर सिमोन पाठक, भक्तपुर ख्रीष्टियन समाजका अध्यक्ष पास्टर श्याम लामा, ललितपुर ख्रीष्टियन समाजका अध्यक्ष पास्टर सुन्दर गुरुङपुनरुत्थान महोत्सव काठमाडौंका संयोजक पास्टर पूर्ण बिष्टलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन पास्टर रविनकाजी बैद्यले गर्नुभएको थियो भने संयोजक पास्टर डिल्लीराम पौडेलले स्वागत मन्तव्य दिनुभएको थियो। नेपाली इसाई मण्डली, कालोपुलको अगुवाइमा भएको सङ्गीत आराधना झुण्डले माहोललाई भक्तिपूर्ण बनायो। औपचारिक कार्यक्रमपछिको सांस्कृतिक कार्यक्रम सञ्चारकर्मी पास्टर कुमार सुनाम अब्राहामको सञ्चालनमा सम्पन्न भयो, जसमा विभिन्न चर्चका युवा र कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।

महोत्सवको विशेष पक्षमा उल्लेखनीय कुरा के थियो भने, यसपटक ६०० भन्दा बढी ख्रीष्ट अनुयायीहरूले रक्तदान गरेर सामाजिक उत्तरदायित्वमा सक्रिय सहभागिता जनाएका थिए।

यसपटकको पुनरुत्थान महोत्सवको अध्यक्षता पास्टर देव कुमार क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रमको समन्वय पास्टर डिल्लीराम पौडेलले गर्नुभएको थियो। यसअघि राजधानीको भृकुटीमण्डप वा खुल्लामञ्चमा हुने कार्यक्रम, यसपालि पहिलो पटक भक्तपुरमा आयोजना गरिँदा पनि उत्साह र सहभागिताको कुनै कमी देखिएन।

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुर्नउत्थान  महोत्सवमा रमाउदै हिलसङ चर्चका बालकालिकाहरु
पुर्नउत्थान महोत्सवमा रमाउदै हिलसङ चर्चका बालकालिकाहरु
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
प्रथम महिला प्रधानमन्त्री कार्कीद्वारा शपथ ग्रहण
प्रथम महिला प्रधानमन्त्री कार्कीद्वारा शपथ ग्रहण
पत्नीसँग घरभाडा असुल्ने करोडपति लोग्ने
विश्वविद्यालयले बिरालोलाई किन दियो साहित्यमा विद्यावारिधिको उपाधि ?
पोखरा प्याराग्लाइडिङ दुर्घटनामा परेकाहरु यसरी बाँचे
पोखरा प्याराग्लाइडिङ दुर्घटनामा परेकाहरु यसरी बाँचे
डुनामिस स्कुल अफ मिनिष्ट्रि नेपालको १५ औ बार्षिकोत्सव सम्पन्न
डुनामिस स्कुल अफ मिनिष्ट्रि नेपालको १५ औ बार्षिकोत्सव सम्पन्न
मैले बाँचेका कथाहरु मैले राम्रोसँग भन्न सक्ने रहेछु
सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)
सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)
मलाई ‘लछमनियाको गौना’को लेखक बनाइदिएर ब्रान्डेड गरिदिए
single post sidebar 2
single post sidebar 1 banner