single page top banner

पन्ध्रौँ चितवन महोत्सव सम्पन्न

Dunami_nadmin Dunami_nadmin
शुक्रबार, बैशाख 24, 2082
Social buttons loaded
समाचार सारांश
  • चितवन, माघ ११ ।
  • पन्ध्रौँ संस्करणको चितवन महोत्सव सम्पन्न भएको छ ।

चितवन, माघ ११ । पन्ध्रौँ संस्करणको चितवन महोत्सव सम्पन्न भएको छ । चितवन उद्योग वाणिज्य सङ्घको आयोजनामा नारायणी नदी किनारमा आयोजित महोत्सव पँच लाख मानिसले अवलोकन गरेका थिए ।

महोत्सव मूल समितिका संयोजक सुमनकुमार श्रेष्ठका अनुसार महोत्सवमा रु ३० करोड बराबरको कारोबार भएको थियो । महोत्सवमा रोजगार मेला, ‘हार्डवयर्स एक्स्पो’, मह परिसर, अटो परिसर, रेष्टुराँ परिसर, फनपार्क, चाइना एक्स्पो, लघु, घरेलु परिसर, कृषि परिसरलगायत चार सय ३० स्टल थिए ।

महोत्सव उद्योग व्यवसायको प्रवद्र्धन, कला, साहित्य र संस्कृतिको संरक्षण, आदिवासी जनजातिको परम्परा, रीतिरिवाज र वेशभूषाको जगेर्नाका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा सूचना प्रविधि र पूर्वाधारलगायतका क्षेत्रको विकासका सम्भावनाको उजागर गर्न उपयोगी भएको संयोजक श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा प्रतियोगितात्मक कृषि, हस्तकलाका उत्पादन, साना तथा लघु, घरेलु उत्पादनको प्रदर्शनी, अटोमोबिललागयत औद्योगिक प्रदर्शनी तथा कृषि , शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधिमा गोष्ठीका साथै स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो ।

महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितिमा समापन भएको हो । मुख्यमन्त्री लामाले व्यवसायमैत्री वातावरण बनाउन प्रदेश सरकार क्रियाशील रहेको बताउनुभयो । रासस

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुभकामना
शुभकामना
विश्वमै प्रदूषित शहरको शिखरमा काठमाडौं, सतर्कता अपनाउन विज्ञको सुझाव
विश्वमै प्रदूषित शहरको शिखरमा काठमाडौं, सतर्कता अपनाउन विज्ञको सुझाव
गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा यातायात निषेध
गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा यातायात निषेध
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भारतीय कप्तान सुनिलको घोषणा
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
पत्रकारिता र इसाई समाजमा अमुल्य वरदान हुन पादरी प्रधान
पत्रकारिता र इसाई समाजमा अमुल्य वरदान हुन पादरी प्रधान
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
आगामी बजेटले समेट्नुपर्ने कर सुधारका क्षेत्रहरू
अमेरिका पुगेर आईटीमा लाग्न खोज्दैथें, संगीतमै मोडिएँ
बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते
बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते
single post sidebar 1 banner