single page top banner

गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता

Dunami_nadmin Dunami_nadmin
शुक्रबार, श्रावण 11, 2082
Social buttons loaded
समाचार सारांश
  • रमादेवी सापकोटा ।
  • डुनामिस न्युज, स्याङजा पेल्काचौर घर भई हाल भक्तपुरको बालकोट बस्ने मनिता गुरुङलाई नौ बर्ष अघि सम्म धेरै मानिसहरुले ‘माँता’ उपनामले चिन्थे ।

रमादेवी सापकोटा । डुनामिस न्युज,

स्याङजा पेल्काचौर घर भई हाल भक्तपुरको बालकोट बस्ने मनिता गुरुङलाई नौ बर्ष अघि सम्म धेरै मानिसहरुले ‘माँता’ उपनामले चिन्थे ।
दिनहु सबेरै उठेर नुहाइधुवाइ देवीदेवताहरुको पूजाआजा गर्ने,तान्त्रिक पाठहरु पढ्ने, काम्ने, ढ्याङ्रो ठोक्ने, मानिसहरुलाई झारफुक गरिदिने जस्ता कार्य उहाँको दिनचर्या थियो ।

बिडम्बना स्वरुप, तान्त्रिक शक्तिद्वारा अरुको उपचार गर्ने मनिता माथि नै ती शक्तिहरुको आक्रमण सुरु हुन थाल्यो ।यसरी धार्मिक निर्देशनहरु पालना गर्दागर्दै पनि फलिफाप हुनुको सट्टा मनिताको शरीर सुकेनाश लागेजस्तो सुक्दै गएको थियो भने मानसिक रुपमा पनि विक्षिप्त्त बन्नु भएको थियो । तरपनि तान्त्रिक शक्तिहरुले सिध्याउला कि भन्ने डरले धार्मिक नियम पूरा गर्नको लागि थुप्रै पैशा र परिश्रम खर्चनुपरेको मनिताको गुनासो छ ।
“रातभरी पटक पटक घाटी अठ्याउथ्यो, ती अदृष्य शक्तिहरुको निर्देशन नमानौ भने आफैलाई खाला भन्ने डर, मानौ भने पूर्ण पालना गर्नै मुस्किल ।” उहाँ दुख पोख्नुहुन्छ, “कपालहरु एउटै लट्टा परेको थियो, कोर्न र नुहाएर सुकाउन समेत धेरै गाह्रो हुन्थ्यो, तर त्यो कपाल काटयो भने आपत आउला कि भन्ने डर लाग्थ्यो ।”

चमत्किारिक चिन्ह स्वरुप मनिताका कपालहरु एउटै लट्टामा देखिन्थ्यो, कपाल कोर्न र नुहाएर सुकाउन समेत धेरै गाह्रो हुन्थ्यो । मनिताले गुनासो गर्नुभयो, “त्यो अदृष्य शक्तिले मेरै मुखबाट बकेर भन्थ्यो, म फलानो देवी देवता हुँ मेरो लागि तेरोे श्रीमानसँग पनि सहवास नगर र अलग्गै बस, नत्र तेरो अनिष्ट गराइदिन्छु ।”

यस्ता डरैडरले भरिरहदा मनिताको मनले अब ईश्वर प्राप्त्त गर्ने तरिकाको विकल्प खोज्न थाल्नुभयो । यसै क्रममा उहाँले आफ्नै घरमा बस्ने विश्वासीहरुबाट सु–समाचार सुन्ने मौका पाउनुभयो । यद्यपि उहाँले पहिला पनि सुसमाचार नसुनेको भने होइन तर प्रष्ट रुपमा नबुझेको कारण ग्रहण गरेर पनि प्रभुलाई पछ्याउन सक्नु भएको थिएन ।
सुरुमा त मनितालाई तान्त्रिक शक्तिहरुले आफूलाई हाानि गर्छ कि भन्ने डरले प्रभु येशुलाई पछ्याउन असमर्थ हुनुहुन्थ्यो । एकदिन मनिताले सपना दर्शन देख्नु भएछ कि येशु प्रभुले बोलाउदै हात समातेर उहाँको सबै दुख र पीडाबाट उद्धार गरेको । यसरी दर्शनमा देखेपछि उहाँले निर्णय गर्नुभयो कि अब येशुकै पछि लाग्छु भनेर । तरपनि श्रीमान रामबहादुर तामाङले उहाँलाई साथ दिन छोड्नुभएन । बरु उहाँले पनि परमेश्वरलाई पछ्याउनु भयो ।

“मैले ती मन्त्रहरु र धार्मिक सामग्रीहरु चितवन नारनघाटका एक तान्त्रिक गुरुसँग लिएको थिए ती सबै कुराहरु उहाँलाई नै फिर्ता गरिदिए” मनिता भन्नुहुन्छ, “प्रभु पाएपछि त तान्त्रिक शक्तिले छुन पनि सकेन, किनकी येशुको नाँउमा नै भुतप्रेतहरु भाग्दारहेछन् ।”

बाइबल शास्त्र अनुसार धर्म कमाउन मानिसले दुख र परिश्रम गर्न नपर्ने रहेछ भन्ने थाहापाएपछि र आफ्नो जीवनमा परमेश्वरको प्रसस्त अनुग्रह देखेर आज मनितासँग खुशीको सिमा नै छैन । “ परमेश्वरलाई मुरो श्वास रहुन्जेल सम्म नै छोड्दिन, किनकी अब मेरा दुखका दिनहरु सकिए ।” उहाँ भन्नुहुन्छ, परमेश्वरको वचनमा त दम्पत्तिलाई छुटाउने उद्देश्य होइन रहेछ बरु एक हुनु चाहि उहाँको इच्छा रहेछ ।”

विगतमा भन्दा उहाँका शारिरिक श्वास्थ्य र मानसिक अवस्थामा ठुलो परिवर्तन देखिएको छ ।हाल ४४ बर्ष पुग्नुभएकी मनिताका दिनचर्या अब नँया ढंगले बित्ने गरेका छन् । हरेक पीडामा परेका र उहाँ जस्तै भुतप्रेतले सताएका मानिसहरुको लागि प्रार्थना गरेर मनिताको समय बित्न थालेको छ ।

 

धर्मको नाममा झैभगडा गर्ने होइन बरु येशु प्रभुले सबै मानिसलाई प्रेम गरेर दिइसक्नु भएको उद्धारको बिषयमा मानिसले सुन्नुपर्छ र बुझ्नुपर्छ भन्ने मनिताको धारणा रहेको छ ।

 

 

 

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
single post sidebar 2
single post sidebar 1 banner