single page top banner

तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ६७ रनले पराजित

Dunami_nadmin Dunami_nadmin
आइतबार, भाद्र 19, 2081
Social buttons loaded
समाचार सारांश
  • ६ जेठ, काठमाडौं ।
  • नेपाली टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग पराजित भएको छ ।

६ जेठ, काठमाडौं । नेपाली टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग पराजित भएको छ ।

पहिलो र दोस्रो खेल जितेर तीन खेलको शृङ्खला जितेको नेपालले शनिबार राति भएको तेस्रो खेलमा भने विनवार्ड्ससँग ६७ रनको फराकिलो हार बेहोरेको छ ।

२०६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १३८ रनमात्रै बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ३ चौका र ४ छक्का मद्दतमा ३६ बलमा ५३ रन बनाए ।

ओपनर आशिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन जोडे अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

विनवार्ड्सका डैरोन नेड र कभेम होजले तीन/तीन तथा निकलस रेडहेड र डीन ब्राउनले दुई/दुई विकेट लिए ।

त्यसअघि टस जितेर घरेलु मैदानमा ब्याटिङ गरेको विनवार्ड्सले डिलन डगलस र शाद्रक डेसकार्टेको अर्धशतक मद्दतमा २०५ रन बनाएको थियो ।

डिलनले ३२ बलमा ५६ रन बनाए भने शाद्रकले २७ बलमा ५५ रनको योगदान गरे ।

नेपालका कमलसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले एक/एक विकेट लिए ।

तेस्रो खेलमा नेपालले यसअघिको खेलबाट तीन परिवर्तन गरेको थियो । ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोरा टोलीमा थिएनन् । उनीहरूको ठाउँमा करण केसी, सागर ढकाल र कमल सिंह ऐरीले खेलेका थिए ।

कमलको यो तीन खेल शृंखलाको पहिलो खेल हो भने कुशल मल्ल तीनवटै खेलमा प्लेइङ-११ मा परेनन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माछा मार्ने विस्फोटक पदार्थ पड्किदा एक जनाको मृत्यु, दुई जना घाइते
बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते
बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते
पत्रकारिता र इसाई समाजमा अमुल्य वरदान हुन पादरी प्रधान
पत्रकारिता र इसाई समाजमा अमुल्य वरदान हुन पादरी प्रधान
प्रधानमन्त्री सुशीला कार्की घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगिन्।
प्रधानमन्त्री सुशीला कार्की घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगिन्।
पुर्नउत्थान  महोत्सवमा रमाउदै हिलसङ चर्चका बालकालिकाहरु
पुर्नउत्थान महोत्सवमा रमाउदै हिलसङ चर्चका बालकालिकाहरु
लेभरकुजनले बनायो अपराजित बुन्डेसलिगा जित्ने कीर्तिमान
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
पोखरा प्याराग्लाइडिङ दुर्घटनामा परेकाहरु यसरी बाँचे
पोखरा प्याराग्लाइडिङ दुर्घटनामा परेकाहरु यसरी बाँचे
अमेरिका पुगेर आईटीमा लाग्न खोज्दैथें, संगीतमै मोडिएँ
गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता
गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता
single post sidebar 2
single post sidebar 1 banner