single page top banner

लेभरकुजनले बनायो अपराजित बुन्डेसलिगा जित्ने कीर्तिमान

Dunami_nadmin Dunami_nadmin
आइतबार, भाद्र 19, 2081
Social buttons loaded
समाचार सारांश
  • ६ जेठ, काठमाडौं ।
  • बायर लेभरकुजनले अपराजित रहँदै जर्मन बुन्डेसलिगाको उपाधि जित्ने कीर्तिमान बनाएको छ ।

६ जेठ, काठमाडौं । बायर लेभरकुजनले अपराजित रहँदै जर्मन बुन्डेसलिगाको उपाधि जित्ने कीर्तिमान बनाएको छ ।

यसअघि नै उपाधि पक्का गरिसकेको लेभरकुजनले शनिबार भएको अन्तिम लिग खेलमा अग्सवर्षलाई २-१ ले पराजित गर्दै अपराजित रहेको हो ।

लेभरकुजनको जितमा भिक्टर बोनिफेस र रोबर्ट एन्ड्रिचले गोल गरे । खेलको १२औँ मिनेटमै बोनिफेसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । २७औँ मिनेटमा एन्ड्रिचले गोल गर्दै लेभरकुजनको अग्रता दोब्बर बनाए ।

अग्सवर्गका लागि ६२औं मिनेटमा मेर्ट कोमरले एक गोल फर्काए ।

लेभरकुजनले जर्मन बुण्डेसलिगामा अपराजित रहँदै पहिलो टोली बन्यो । उसले ३४ खेल खेल्दा २८ खेल जित्यो भने ६ खेल बराबरी खेलेको थियो । लेभरकुजनले ३४ खेलबाट ९० अंक जोड्यो ।

जावी अलोन्सोको लेभरकुजनले यस सिजन गज्जबको प्रदर्शन गरिरहेको र अपराजित यात्रालाई ५१ सम्म पुर्‍याएको छ । लेभरुकजनले यसै जर्मन कप र युरोपा कपको फाइनल खेल्न बाँकी छ । त्यो दुवै जितेमा ट्रेबल उपाधि जित्नेछ र अपराजित यात्रा ५३ पुग्नेछ ।

लेभरकुजनले पछिल्लो पटक गत सिजन बुचोमसँग ३-० ले पराजित भएको थियो । त्यसपछि कुनै खेल हारेको छैन ।

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार खरेलद्वारा सञ्चारमन्त्रीको पदभार ग्रहण
पत्रकार खरेलद्वारा सञ्चारमन्त्रीको पदभार ग्रहण
मलाई ‘लछमनियाको गौना’को लेखक बनाइदिएर ब्रान्डेड गरिदिए
डुनामिस स्कुल अफ मिनिष्ट्रि नेपालको १५ औ बार्षिकोत्सव सम्पन्न
डुनामिस स्कुल अफ मिनिष्ट्रि नेपालको १५ औ बार्षिकोत्सव सम्पन्न
पत्रकारिता र इसाई समाजमा अमुल्य वरदान हुन पादरी प्रधान
पत्रकारिता र इसाई समाजमा अमुल्य वरदान हुन पादरी प्रधान
पिरो चिप्स खाने प्रतियोगिता, एक किशोरको मृत्यु
प्रभु आफैले द हिलिङ चर्चको नामाकरण र स्थापना गर्नु भयो, मैले होइन : पास्टर  सुक्रम   
प्रभु आफैले द हिलिङ चर्चको नामाकरण र स्थापना गर्नु भयो, मैले होइन : पास्टर  सुक्रम  
पुर्नउत्थान  महोत्सवमा रमाउदै हिलसङ चर्चका बालकालिकाहरु
पुर्नउत्थान महोत्सवमा रमाउदै हिलसङ चर्चका बालकालिकाहरु
कपाल पातलो भयो ? ‘हेयर एक्सटेन्सन’ प्रयोग गर्न सकिन्छ
कपाल पातलो भयो ? ‘हेयर एक्सटेन्सन’ प्रयोग गर्न सकिन्छ
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
आगामी बजेटले समेट्नुपर्ने कर सुधारका क्षेत्रहरू
single post sidebar 1 banner