माछा मार्ने विस्फोटक पदार्थ पड्किदा एक जनाको मृत्यु, दुई जना घाइते
- तानसेन – पाल्पामा विस्फोटक पदार्थ पड्किदा एक जनाको मृत्यु भएको छ ।
- एक जना गम्भीर घाइते भएका छन् ।
तानसेन – पाल्पामा विस्फोटक पदार्थ पड्किदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–४, हिंगानगर बस्ने २८ वर्षका सुरज सोमै रहेको प्रहरीले जनाएको छ ।
सोमैको बुटवल हस्पिटल प्रालि रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । विस्फोटक पदार्थ पड्किदा सोही स्थानका २१ वर्षका कोशिस भुजेल गम्भीर घाइते हुनुभएको छ । भुलेको उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ ।
शुक्रबार दिउँशो पाल्पाको तिनाउ–२, बुढाचटक बस्ने मदन बहादुर सोमैको घर पछाडि माछा मार्ने विस्फोटक पदार्थ बनाउने क्रममा उक्त पदार्थ अचानक विस्फोट हुँदा सोमैसहित तीन जना घाइते भएका थिए । मृतक सोमै र घाइते भुजेल बिहीबार बेलुकी मदनबहादुर सोमैको घरमा बस्न आएका थिए ।
सो घटनामा परी २८ वर्षका कुशल भुजेलसमेत घाइते हुनुभएको छ । उहाँको अवस्था भने सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रनाउ मल्लले जानकारी दिनुभयो । सलाईको काटीबाट माछा मार्ने विस्फोटक पदार्थ बनाउने क्रममा घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड
घरमा नियमित औषधि सेवन गर्ने वृद्धावृद्धा छन् ? ध्यान दिनुपर्ने ५ कुरा
बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते
युग पुरुष स्व. रोबर्ट कार्थकको जीवन गवाही
निर्माण सेवा संघको रक्तदान : ३५ युनिट रगत संकलन
पन्ध्रौँ चितवन महोत्सव सम्पन्न



