single page top banner

अपाङ्गता भएका महिलाको राजनीतिक अधिकार र अवस्था

Dunami_nadmin Dunami_nadmin
शुक्रबार, श्रावण 11, 2082
Social buttons loaded
समाचार सारांश
  • अपाङ्गता भन्नाले कुनै व्यक्ति शारीरिक, मानसिक, बौद्धिक वा संवेगात्मक क्षमतामा दीर्घकालीन हानि भएको अवस्था बुझिन्छ, जसले उसलाई दैनिक जीवनका क्रियाकलाप वा समाजमा सहभागिता जनाउन कठिन बनाउँछ।
  • अहिले अपाङ्गतालाई १० बर्गमा बर्गिकरण गरेर हेर्ने सकिन्छ ।

अपाङ्गता भन्नाले कुनै व्यक्ति शारीरिक, मानसिक, बौद्धिक वा संवेगात्मक क्षमतामा दीर्घकालीन हानि भएको अवस्था बुझिन्छ, जसले उसलाई दैनिक जीवनका क्रियाकलाप वा समाजमा सहभागिता जनाउन कठिन बनाउँछ। अहिले अपाङ्गतालाई १० बर्गमा बर्गिकरण गरेर हेर्ने सकिन्छ ।

नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार, देशको कुल जनसंख्याको २।२ प्रतिशत अपाङ्गता भएका व्यक्तिको रहेको छ भने जसमा महिलाहरूको प्रतिशत २।० रहेको छ ।
आजको समयमा आईपुग्दा अपाङ्गता भएका महिलाहरूको राजनीतिक अधिकार महत्त्वपूर्ण विषय हो, किनभने उनीहरूले समाजमा दोहोरो रूपमा विभेदको सामना गर्नुपरेको हुन्छ—पहिलो, महिलाका रूपमा र दोस्रो, अपाङ्गता भएका महिलाको रूपमा नेपालको संविधान २०७२ ले समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ। संविधान अनुसार, अपाङ्गता भएका व्यक्तिहरू, विशेष गरी महिलाहरू, राजनीतिक अवसरमा समान पहुँच पाउन योग्य छन् संविधानको धारा ३८ मावहिलाका हक र सबै महिलाहरूलाई समान अवसर, सहभागिता, र सामाजिक न्यायको प्रत्याभूति गरेको छ। भने त्येसैगरी संविधानको धारा ४२ मा समावेशी प्रतिनिधित्व अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यका निकायहरूमा उचित प्रतिनिधित्व र निर्वाचन ऐन, २०७४ मा दलहरूले समानुपातिक प्रणालीमार्फत अपाङ्गता भएका महिलाहरूलाई उम्मेदवार बनाउनुपर्ने प्रावधान समेत रहेको छ।

तर समाजले अपाङ्गता भएका महिलाहरूला विस्वास गर्ने अवस्था भने छैन ।अपाङ्गता भएका महिलाहरूलाई राजनीतिक पहुँचको कमी उम्मेदवार बन्ने अवसर कम दिइन्छ। सामाजिक तथा पारिवारिक पूर्वाग्रह परिवार, समाज, र राजनीतिक दलहरू स्वयं उनीहरूको नेतृत्व क्षमतामा विश्वास नगर्ने प्रवृत्ति रहेको छ । अपाङ्गता भएका ब्यक्तिलाई मतदान केन्द्रहरू, संसद् भवनहरू, र भौतिक तथा सूचना पहुँच अभाव र संसद भवनहरु राजनीतिक कार्यक्रममा सहज पहुँच समेत छैन । यस्ता कारण पनि अपाङ्गता भएका महिलाहरू राजनीतिक धारको अग्रपंतिमा आउन सकेका छैनन् ।

नेपालको संविधानले अपाङ्गता भएका महिलाहरूको समान अधिकार सुनिश्चित गरे पनि व्यवहारमा भने अझै पहुँच कम छ । राजनीतिक दलहरूले उनीहरूलाई नेतृत्त्व दिनका लागि सक्रिय रूपमा अघि नबढाउने प्रवृत्ति निर्वाचनमा मतदान गर्नेदेखि उम्मेदवार बन्ने अवसर सम्म समेत कम छ । किनकी आजपनि अपाङ्गता भएका महिलालाई अझै पनि सहानुभूतिका पात्रका रूपमा मात्र हेरिने प्रवृत्ति छ । र अपाङ्गता भएका महिला को नेतृत्व लाई बिश्वास नगरियको अवस्था पनि अपाङ्गता भएका महिलालाई पनि राजनीतिक मुल धारमा ल्याइ योगमान पुयाउन सक्छन भनि स्वीकार गरिदैन ।

म आफै पनि अपाङ्गता भएको महिला हु, मेरो अपाङ्गता “स्पाइनल बिफिडा शारीरिक अपाङ्गता हो। सामान्यतया मलाई पनि दैनिकी क्रियाकलापमा केही कठिनाइ पक्कै हुन्छ तर अवस्था अनुरुपको भौतिक संरचना भएको खन्डमा मलाई सहजता पनि पक्कै हुनेछ । म आफू पनि कुनै दलमा आस्था राख्दछु र राजनितीक मुल धारमा आफुलाई बिस्तारै समायोजन पनि गदैछु।

म मा इच्छा, चाहना, बौद्धिकता र म योग्य पनि छु राजनीतिक धरोहरमा तल्लीन हुन् तर कहिलेकाही म आफैलाई प्रस्न पनि गर्छु , ता की राजनिती भन्ने बितिकै मैले महसुस गरेको मानिसहरु भिड्भाडमा होमिन पर्ने जनमानसको घर दैलोमा पुग्न पर्ने अनि चर्को कोलाहलमय बाताबरणमा समर्पित हुनुपर्ने आथिैक रुपमा सक्षम समेत हुनुपर्ने जस्ता गतिविधि देखि रहदा अनि आफै अलमलित हुन्छु । यस्ता प्रबिधि ले गर्दा अपाङ्गता भयकै कारण अनि के मैले राजनीतिक यात्रामा पछि धकेलिन्छु कि भन्ने ।
अपाङ्गता मेरो अवस्था हो, कमजोरी हैन, म कमजोर छैन।

अपाङ्गता भएकै कारण मैले पनि यो खेप्नु नपरेको भने पक्कै नपरेको छैन भन्न सक्दिन। मानिसहरूले मेरो अपाङ्गता लाई मात्रै मुल्यांकन गरेको पाउछु तर म मा रहेको उर्जा र योग्यताको कमै मुल्यांकन गरिदैन । मेरो अपाङ्गता लाइ प्रहार गदै भनिन्छ कहिन कतै तिमी यस्तो छौ तिमिले यसोतेसो गर्न सक्दिनौ भन्दै मेरो अपाङ्गता लाई विन्दु बनाइ मलाई पन्छयाउन खोजिन्छ । दया देखाय जस्तो गर्ने तर अवसरमा प्रतिबद्ध लगाउने खालको क्रियाकलाप मैलेपनी खेपेको छु।

(लेखक राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय सदस्य तथा अपांगता अधिकारकर्मी हुन ।)

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
single post sidebar 2
single post sidebar 1 banner