प्रार्थना विकल्प होइन बरु लगानि गर्नु हो
- सबिना तामाङ(मगर ), बागडोल्,ललितपुर ।
- हामी सबै विश्वासीले प्रार्थना गर्ने गर्छौ तर यसलाई कस्तो रुपमा हेर्छौ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
सबिना तामाङ(मगर ), बागडोल्,ललितपुर । हामी सबै विश्वासीले प्रार्थना गर्ने गर्छौ तर यसलाई कस्तो रुपमा हेर्छौ भन्ने कुरा महत्वपूर्ण हुन्छ । प्रार्थना गर्नु औपचारिक विधिविधान मात्र होइन तर परमेश्वरसँग सिधै बालचित गर्नु, उहाँसँग सहमत हुनु र अधिकार गर्नु हो । जब यो बुझाइमा प्रार्थना गर्छौ भने तब यसले परिणामहरुलाई सिर्जना गर्दछ र हामीमा विश्वासको तह बढ्दै जानेछ ।
पवित्र धर्मशास्त्र बाबललाई अध्ययन गर्दा एकदिन येशुका चेलाहरुले उहालाई भने “हामीलाई प्रार्थना गर्न सिकाउनुहोस ।” ती चेलाहरुले हामीहरु यहदी हौ हामीलाई प्रार्थना के हो राम्ररी थाहा छ भनेनन् किनकी प्रार्थना त उनीहरुले पहिलेदेखि नै गर्दै आएका थिए । उक्त सवालको जवाफमा येशुले प्रार्थना चाहि केवल परमेश्वरसँग बातचित गर्ने र संगति गर्ने मात्र हो भन्नुु भएन तर बिशेष तालिका बनाइदिएर सिकाउनु भयो । सदुकी फरिसीहरुले जस्तै धेरै बोलेर, ठुलो स्वरले कराएर र विशेष किसिमको वस्त्र लगाएको आधारमा मात्र परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ भन्नु भएन (लुका ११ः१–४) ।
त्यसैगरी एलियाको समयमा पनि बालका पूजाहारीहरुले धेरै प्रकारका तरिकाहरु अपनाएर आफैलाई यातना दिएर प्रार्थना गरे तर उत्तर आएन (१ राजा १८ः१६–४६) ।
यसकारण प्रार्थना विश्वासीको निम्ति विकल्प होइन तर परमेश्वरसँग बातचित गर्ने एक माध्यम हो । प्रार्थनामा समय दिनुचाहि खेर फाल्नु होइन तर प्राप्त्त गर्ने कुनै पनि कुराको सृष्टि गर्नको लागि समयको लगानि गर्नु हो ।
श्वर्गको राज्य पृथ्वीमा भएका मानिसमा भर परिरहन्छ ता कि परमेश्वरले येशु प्रभुद्वारा जुन अधिकार मानिस जातीलाई वापस दिइसक्नु भएको छ ।(मति १६ः १९) मा उल्लेखित वचन अनुसार यदि हामीले प्रार्थना गर्दैनौ भने परमेश्वरको कामलाई पृथ्वीमा सिमित बनाइदिन्छौ । यसै कारणले पनि पृथ्वी गोलो छ कि एकै समयमा कतै रात पर्छ भने कतै दिन सुरु हुन्छ ता कि पृथ्विीमा निरन्तर प्रार्थना भइरहोस । एउटै पृथ्वीमा पनि यसरी फरक फरक समय र क्रतुको निर्माण हुनुको कारण परमेश्वरले निरन्तर काम गर्न पाउनु भएको होस् भन्ने अर्थ हुन्छ ।
त्यसैले परमेश्वरले मानिसलाई अधिकार दिनुभयो । उहाँले म मात्र अधिकार गर्छु भनुु भएन तर मानिसलाई “तिनीहरुले अधिकार गरुन”, भन्नु भयो (उत्पत्ति १ः२६) । त्यसैले कानुनी रुपमा नै परमेश्वरले पृथ्वीमा मानिसलाई अधिकार दिनुभएको हो । (भजन ११५ः१६)
इस्रायल स्थित कलबरीको कु्रसमा येशु प्रभुले गर्नु भएको बलिदानलाई मात्र हरेर परमेश्वरको प्रेमलाई माफन गर्ने हो भने यो अपूर्ण हुन्छ । मानव जातीको सृष्टिको सुरुवातदेखि नै उहाँसँग सहकार्य गर्नको लागि दिनु भएको अधिकारले हामी प्रति उहाँको अपार प्रेम अघिदेखि नै प्रकटं भएको छ भन्ने प्रष्ट थाहा हुन्छ । त्यसैले परमेश्वर आफू श्वर्गमा हुनु भएपनि मानिसलाई आफू जस्तै शासन र अधिकार गर्ने बनाउनु भयो ।
(२ इतिहास ७ :१४,यर्मिया ५ः१, इजकियल २२:३०–३१ ) मा दिइएको बचन अनुसार उहाँले प्रार्थनाको माध्यमबाट मानिसलाई पृथ्वीमा काम गर्न कानुनी रुपमा बाटो दिनु भएको छ ।
हामीले प्रार्थना गर्नुको अर्को अर्थ भनेको परमेश्वरले जे गर्न चाहनुहुन्छ त्यसमा सहमत हुनु हो । येशुले भन्नु भयो, “म आफ्नो तर्फबाट केहि बोल्दिन, तर पिताले जे भन्नुहुन्छ त्यहि मात्र बोल्दछु ” ( युहन्ना ५:१४-१५),२ कोरन्थी ४ः १३) अनुसार हामी पनि विश्वास गर्छौ र बोल्छौ ।
(२ कोरन्थिी १ः २० )अनुसार जति परमेश्वरले बाइबलमा प्रतिज्ञा गर्नु भएको छ, त्यसमा सहमत भई आमेन थप्ने मात्र हो । येशुले भन्नु भयो, तपाइको अर्थात परमेश्वरको इच्छा श्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस् भनि प्रार्थना गर । वचन भनिएको कुरा नै परमेश्वरको इच्छा हो त्यसैले परमेश्वरको इच्छालाई आफ्नो इच्छा र उहाँको योजनालाई आफ्नो योजना बनाएर बोल्नु र जीउनु नै प्रार्थना हो ।
(सबिना तामाङ द हिलिङ चर्चकी पास्टर तथा प्रार्थना सेवाकी अगुवा हुनुहुन्छ )
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता
आज क्रिसमस डे हर्षोल्लासका साथ मनाइँदै
युग पुरुष स्व. रोबर्ट कार्थकको जीवन गवाही
प्रथम महिला प्रधानमन्त्री कार्कीद्वारा शपथ ग्रहण
जलेका मन्त्री निवास रंग्याइँदै।
नेपाल दुरसञ्चारमा व्यापक भ्रष्टाचार, १८ जना विरुद्ध मुद्दा दायर


