single page top banner

नेपाल दुरसञ्चारमा व्यापक भ्रष्टाचार, १८ जना विरुद्ध मुद्दा दायर

Dunami_nadmin Dunami_nadmin
आइतबार, आश्विन 8, 2082
Social buttons loaded
समाचार सारांश
  • डुनामिस न्युज, काठमाडौ ।
  • नेपाल दूरसञ्चारको बिलिङ प्रणाली खरिदमा व्यापक भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल सहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

डुनामिस न्युज, काठमाडौ । नेपाल दूरसञ्चारको बिलिङ प्रणाली खरिदमा व्यापक भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल सहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

नेपाल दूरसञ्चार र चिनियाँ कम्पनी एशियाइन्फो युङहाङ सफ्टवेयरबिच २०६८ मङ्सिर ६ मा भएको सम्झौता अन्तर्गत एकीकृत वास्तविक समय बिलिङ र ग्राहक सहायता प्रणाली खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हो ।

यो प्रणालीले मोबाइल, फाइबर इन्टरनेट, लिज्ड लाइन र ब्रोडब्यान्ड सेवाहरूलाई एकीकृत गरी तत्काल बिलिङ गर्ने उद्देश्य राखेको थियो।

मूल सम्झौता अनुसार वार्षिक मर्मत सम्झौतामा प्रत्येक वर्ष ५ प्रतिशत छुटमा भुक्तानी गर्ने व्यवस्था थियो,तर आरोपितहरूले यो प्रावधानविपरीत चिनियाँ कम्पनीसँग अस्वाभाविक मूल्यमा ५ वर्षको मर्मत सम्झौता गरेको पाइएको छ ।
नेपाल दूरसञ्चारलाई २४ लाख ४३ हजार ६२० अमेरिकी डलर ९३३ करोड ४८ लाख १७ हजार ४३० नेपाली रुपैयाँ बराबर रकम नोक्सानी भएको आयोगले जनाएको छ ।

यो रकममध्ये ७ लाख २८ हजार ३०८ अमेरिकी डलर ९९ करोड ८८ लाख ४१ हजार ९५६ नेपाली रुपैयाँ भुक्तानी भइसकेको छ भने बाँकी १७ लाख १५ हजार ३१२ अमेरिकी डलर ९२३ करोड ५९ लाख ७५ हजार ४७३ नेपाली रुपैयाँ को दायित्व सृजना भएको छ। पहिलो वर्ष ३५ लाख ८६ हजार ५६९ अमेरिकी डलरमा मर्मत सम्झौता गर्दा सम्झौताविपरीत चार पूरक सम्झौता गरी बढी रकम भुक्तानी गरिएको आयोगको दाबी छ। दोस्रो वर्षमा पनि दुई पूरक सम्झौता थपेर १ करोड ६० लाख ५६ हजार ३७९ अमेरिकी डलरको सट्टा १ करोड ८५ लाख अमेरिकी डलरमा सम्झौता भएको छ।

सुनिल पौडेल, संगीता पहाडी, प्रतिभा श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, विनिता श्रेष्ठ, अमूल प्रधान, देवेन्द्र खतिवडा, राजीवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, नवल चौधरी, मुक्ति अर्याल, हेमप्रभा कर्ण, परमात्मा भट्टराई, चिनियाँ कम्पनीका वरिष्ठ निर्देशक लङ योङ, परियोजना प्रबन्धक ह्वाङ वेई, र स्थानीय एजेन्ट अर्निको इन्टरनेशनलका निर्देशक शैलेश श्रेष्ठ लगायतलाई भ्रष्टाचारको आरोप लागेको हो ।

आयोगले उनीहरूलाई बिगो र जरिवाना असुल गर्न र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपाङ्गता भएका महिलाको राजनीतिक अधिकार र अवस्था
अपाङ्गता भएका महिलाको राजनीतिक अधिकार र अवस्था
बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते
बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)
सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)
जाडो मौसममा यसरी गर्नुहोस् छालाको समस्याको समाधान
बालाजु बाइसधारा : मल्लकालीन सम्पदा, धार्मिक आस्थाको केन्द्र
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ६७ रनले पराजित
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भारतीय कप्तान सुनिलको घोषणा
लेभरकुजनले बनायो अपराजित बुन्डेसलिगा जित्ने कीर्तिमान
एमाले रत्ननगर वडा नं ६ को अध्यक्षमा सापकोटा चयन
एमाले रत्ननगर वडा नं ६ को अध्यक्षमा सापकोटा चयन
single post sidebar 2
single post sidebar 1 banner