बुध, बैशाख १०, २०८२
Search
बुध, बैशाख १०, २०८२

एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड

काठमाडौं, माघ १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले एमालेसँगको एकता र त्यसपछिको सहकार्य धेरै दिन टिक्न नसकेको भन्दै अब एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

उनले ८४ को निर्वाचन माओवादीले आफ्नै शक्तिको बलमा लड्ने निर्णय पार्टीले समेत गरिसकेको उल्लेख गरे । प्रचण्डले माओवादीका धेरै कमीकमजोरीलाई सुधार गर्दै जनताको विश्वास जित्ने गरी अघि बढ्ने उल्लेख गरे ।

उनले बिचौलियाहरूको सेटिङ भत्काउन खोज्दा चलखेल गरेर असंवैधानिक रूपमा सङ्ख्याको बलमा आफूलाई हटाउने खेल भएको दोहोर्‍याए । अध्यादेशबाट शासन गर्ने गलत परम्परा देखिएपछि विपक्षीहरू एक भएर सदन बोलाउन दबाब दिएकै कारण सरकारले सदन आह्वान गरेको उनको भनाइ छ ।

प्रचण्डले अव विपक्षीहरू सामूहिक रूपमा अघि बढ्ने र समाजवादी मोर्चालाइ समेत सक्रिय बनाउने धारणा राखे ।

Picture of Dunamis News

Dunamis News

ताजा अपडेट

Follow Us

© २०२५ Dunami News

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।