को हुन् येशु ?
रामबहादुर बुढा, अछाम । हामी सबले केही न कही पाप गर्ने गर्छौ । तर क्षमा पाएनौ भने नरक गएर मर्छौ ।। बाइबल भन्छ सबै मानिसले पाप गरे । पापको क्षमा नपाएमा नरक जान्छन् भरे ।। स्वर्ग जान धर्मकर्म अब छैन खाँचो । मुक्ति उद्धार पाउनलाई येशुमा छ साँचो ।। येशु आउनु भो संसारमा मानिस बनेर […]
प्रभु आफैले द हिलिङ चर्चको नामाकरण र स्थापना गर्नु भयो, मैले होइन : पास्टर सुक्रम
सुक्रम तामाङ द हिलिङ चर्चका संस्थापक पास्टर हुनहुुन्छ । उहाँले सुसमाचार प्रचार, चंगाइको सेवाकाई घरेलु संगति, आराधनासेवा, पास्टरीय सेवाकाई लगायतका विभिन्न सेवाकाईहरुमा लामो समयदेखि योगदान दिदै आउनु भएको छ । सेवाकाईको दौरानमा उहाँका भोगाइ र अनुभवहरुका विषयमा केन्द्रित रहेर डुनामिस न्युजसँग उहाँले गर्नुभएका कुराकानिका बाँकि अंशहरु । आजकाल तपाईको समयहरु कसरी बितिरहेको छ ? […]
प्रार्थना विकल्प होइन बरु लगानि गर्नु हो

सबिना तामाङ(मगर ), बागडोल्,ललितपुर । हामी सबै विश्वासीले प्रार्थना गर्ने गर्छौ तर यसलाई कस्तो रुपमा हेर्छौ भन्ने कुरा महत्वपूर्ण हुन्छ । प्रार्थना गर्नु औपचारिक विधिविधान मात्र होइन तर परमेश्वरसँग सिधै बालचित गर्नु, उहाँसँग सहमत हुनु र अधिकार गर्नु हो । जब यो बुझाइमा प्रार्थना गर्छौ भने तब यसले परिणामहरुलाई सिर्जना गर्दछ र हामीमा विश्वासको तह […]
पुर्नउत्थान महोत्सवमा रमाउदै हिलसङ चर्चका बालकालिकाहरु

प्रभु येशु मारिएर, गाडिएर र बौरी उठ्नु भएको दिन, ‘इस्टर सन्डे’को अवसरमा अस्ट्रेलियाको पर्थ स्टेट स्थित Western University of Australia को बगैचामा उपहार खोज्ने खेल खेल्दै हिलसङ चर्चका बालबालिकाहरु । तस्वीर: रमादेवी सापकोटा ।
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न

२०७८ वैशाख ७, ठिमी, भक्तपुर – यस वर्षको इस्टर अर्थात् पुनरुत्थान महोत्सव राजधानी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला—काठमाडौं, भक्तपुर र ललितपुर—लगायत देशभरका इसाई समुदायले विविध कार्यक्रमहरूका साथ अत्यन्त भव्य रूपमा मनाएका छन्। विशेषगरी भक्तपुरको चारदोबाटोस्थित किङ्ग बैंकेटको खुला मैदानमा आज आइतबार आयोजित उपत्यकाव्यापी महोत्सवमा हजारौं ख्रीष्टियनहरूको उत्साहजनक सहभागिता रहेको थियो। बिहानै आफ्ना-आफ्ना चर्चहरूमा प्रभातकालीन सेवा सम्पन्न […]
शुभकामना

शुभकामना सम्पूर्ण नेपालीहरुमा नँया बर्ष २०८२ को हार्दिक शुभकामना: डुनामिस न्युज परिवार
पत्रकारिता र इसाई समाजमा अमुल्य वरदान हुन पादरी प्रधान

रमादेवी सापकोटा । डुनामिस न्युज, नेपाली पत्रकारिता र नेपाली ख्रीष्टियनहरु वर्तमान समयसम्म फल्दै फुल्दै र परमेश्वरको राज्य विस्तारको यो चरणमा आइपुग्नको लागि पादरी गंगाप्रसाद प्रधानले उहाँको जीवनभर उल्लेखनीय भूमिका खेल्नु भएको छ । पादरी गंगाप्रसादसँग गर्वलाग्दो प्रशंसनीय इतिहास रहेकोले थोरै शब्दहरुले मात्र उहाँको बारेमा चर्चा गर्दा अपूर्ण हुन जान्छ । जसरी बप्त्तिस्मा दिने युहन्नाले बाटो […]
गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता

रमादेवी सापकोटा । डुनामिस न्युज, स्याङजा पेल्काचौर घर भई हाल भक्तपुरको बालकोट बस्ने मनिता गुरुङलाई नौ बर्ष अघि सम्म धेरै मानिसहरुले ‘माँता’ उपनामले चिन्थे । दिनहु सबेरै उठेर नुहाइधुवाइ देवीदेवताहरुको पूजाआजा गर्ने,तान्त्रिक पाठहरु पढ्ने, काम्ने, ढ्याङ्रो ठोक्ने, मानिसहरुलाई झारफुक गरिदिने जस्ता कार्य उहाँको दिनचर्या थियो । बिडम्बना स्वरुप, तान्त्रिक शक्तिद्वारा अरुको उपचार गर्ने मनिता माथि […]
अपाङ्गता भएका महिलाको राजनीतिक अधिकार र अवस्था

अपाङ्गता भन्नाले कुनै व्यक्ति शारीरिक, मानसिक, बौद्धिक वा संवेगात्मक क्षमतामा दीर्घकालीन हानि भएको अवस्था बुझिन्छ, जसले उसलाई दैनिक जीवनका क्रियाकलाप वा समाजमा सहभागिता जनाउन कठिन बनाउँछ। अहिले अपाङ्गतालाई १० बर्गमा बर्गिकरण गरेर हेर्ने सकिन्छ । नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार, देशको कुल जनसंख्याको २।२ प्रतिशत अपाङ्गता भएका व्यक्तिको रहेको छ भने जसमा महिलाहरूको प्रतिशत २।० […]
युग पुरुष स्व. रोबर्ट कार्थकको जीवन गवाही

मिस एलिजावेथ फ्रेन्किलिनलाई भारतको कालिङपोङबाट रोबर्ट कार्थकलगायत अन्य तीन जना नेपालीभाषीहरुलाई काठमाडौं ल्याउनु थियो . स्कूलमा शिक्षकको लागि । कालिङपोङमै स्वर्गिय डा.राजेन्द्र रोगोंगोसँग नेपाली भाषा राम्रो सिकेर मिस एलिजावेथ नेपाली भाषा राम्रै वोल्न र लेख्न जान्ने भएपछि सन् १९५६ मा रोबर्ट कार्थकसँगै अन्य तीन जना नेपालीभाषीहरुलाई आफ्नो साथमा ल्याई उहाँहरु पहिलो पटक काठमाडौं आइ पुग्नुभयो […]