सबिना तामाङ(मगर ), बागडोल्,ललितपुर । हामी सबै विश्वासीले प्रार्थना गर्ने गर्छौ तर यसलाई कस्तो रुपमा हेर्छौ भन्ने कुरा महत्वपूर्ण हुन्छ । प्रार्थना गर्नु औपचारिक विधिविधान मात्र होइन तर परमेश्वरसँग सिधै बालचित गर्नु, उहाँसँग सहमत हुनु र अधिकार गर्नु हो । जब यो बुझाइमा प्रार्थना गर्छौ भने तब यसले परिणामहरुलाई सिर्जना गर्दछ र हामीमा विश्वासको तह बढ्दै जानेछ ।
पवित्र धर्मशास्त्र बाबललाई अध्ययन गर्दा एकदिन येशुका चेलाहरुले उहालाई भने “हामीलाई प्रार्थना गर्न सिकाउनुहोस ।” ती चेलाहरुले हामीहरु यहदी हौ हामीलाई प्रार्थना के हो राम्ररी थाहा छ भनेनन् किनकी प्रार्थना त उनीहरुले पहिलेदेखि नै गर्दै आएका थिए । उक्त सवालको जवाफमा येशुले प्रार्थना चाहि केवल परमेश्वरसँग बातचित गर्ने र संगति गर्ने मात्र हो भन्नुु भएन तर बिशेष तालिका बनाइदिएर सिकाउनु भयो । सदुकी फरिसीहरुले जस्तै धेरै बोलेर, ठुलो स्वरले कराएर र विशेष किसिमको वस्त्र लगाएको आधारमा मात्र परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ भन्नु भएन (लुका ११ः१–४) ।
त्यसैगरी एलियाको समयमा पनि बालका पूजाहारीहरुले धेरै प्रकारका तरिकाहरु अपनाएर आफैलाई यातना दिएर प्रार्थना गरे तर उत्तर आएन (१ राजा १८ः१६–४६) ।
यसकारण प्रार्थना विश्वासीको निम्ति विकल्प होइन तर परमेश्वरसँग बातचित गर्ने एक माध्यम हो । प्रार्थनामा समय दिनुचाहि खेर फाल्नु होइन तर प्राप्त्त गर्ने कुनै पनि कुराको सृष्टि गर्नको लागि समयको लगानि गर्नु हो ।
श्वर्गको राज्य पृथ्वीमा भएका मानिसमा भर परिरहन्छ ता कि परमेश्वरले येशु प्रभुद्वारा जुन अधिकार मानिस जातीलाई वापस दिइसक्नु भएको छ ।(मति १६ः १९) मा उल्लेखित वचन अनुसार यदि हामीले प्रार्थना गर्दैनौ भने परमेश्वरको कामलाई पृथ्वीमा सिमित बनाइदिन्छौ । यसै कारणले पनि पृथ्वी गोलो छ कि एकै समयमा कतै रात पर्छ भने कतै दिन सुरु हुन्छ ता कि पृथ्विीमा निरन्तर प्रार्थना भइरहोस । एउटै पृथ्वीमा पनि यसरी फरक फरक समय र क्रतुको निर्माण हुनुको कारण परमेश्वरले निरन्तर काम गर्न पाउनु भएको होस् भन्ने अर्थ हुन्छ ।
त्यसैले परमेश्वरले मानिसलाई अधिकार दिनुभयो । उहाँले म मात्र अधिकार गर्छु भनुु भएन तर मानिसलाई “तिनीहरुले अधिकार गरुन”, भन्नु भयो (उत्पत्ति १ः२६) । त्यसैले कानुनी रुपमा नै परमेश्वरले पृथ्वीमा मानिसलाई अधिकार दिनुभएको हो । (भजन ११५ः१६)
इस्रायल स्थित कलबरीको कु्रसमा येशु प्रभुले गर्नु भएको बलिदानलाई मात्र हरेर परमेश्वरको प्रेमलाई माफन गर्ने हो भने यो अपूर्ण हुन्छ । मानव जातीको सृष्टिको सुरुवातदेखि नै उहाँसँग सहकार्य गर्नको लागि दिनु भएको अधिकारले हामी प्रति उहाँको अपार प्रेम अघिदेखि नै प्रकटं भएको छ भन्ने प्रष्ट थाहा हुन्छ । त्यसैले परमेश्वर आफू श्वर्गमा हुनु भएपनि मानिसलाई आफू जस्तै शासन र अधिकार गर्ने बनाउनु भयो ।
(२ इतिहास ७ :१४,यर्मिया ५ः१, इजकियल २२:३०–३१ ) मा दिइएको बचन अनुसार उहाँले प्रार्थनाको माध्यमबाट मानिसलाई पृथ्वीमा काम गर्न कानुनी रुपमा बाटो दिनु भएको छ ।
हामीले प्रार्थना गर्नुको अर्को अर्थ भनेको परमेश्वरले जे गर्न चाहनुहुन्छ त्यसमा सहमत हुनु हो । येशुले भन्नु भयो, “म आफ्नो तर्फबाट केहि बोल्दिन, तर पिताले जे भन्नुहुन्छ त्यहि मात्र बोल्दछु ” ( युहन्ना ५:१४-१५),२ कोरन्थी ४ः १३) अनुसार हामी पनि विश्वास गर्छौ र बोल्छौ ।
(२ कोरन्थिी १ः २० )अनुसार जति परमेश्वरले बाइबलमा प्रतिज्ञा गर्नु भएको छ, त्यसमा सहमत भई आमेन थप्ने मात्र हो । येशुले भन्नु भयो, तपाइको अर्थात परमेश्वरको इच्छा श्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस् भनि प्रार्थना गर । वचन भनिएको कुरा नै परमेश्वरको इच्छा हो त्यसैले परमेश्वरको इच्छालाई आफ्नो इच्छा र उहाँको योजनालाई आफ्नो योजना बनाएर बोल्नु र जीउनु नै प्रार्थना हो ।
(सबिना तामाङ द हिलिङ चर्चकी पास्टर तथा प्रार्थना सेवाकी अगुवा हुनुहुन्छ )