शुक्र, बैशाख २६, २०८२
Search
शुक्र, बैशाख २६, २०८२

गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा यातायात निषेध

१५ चैत, काठमाडौं । आज काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरुले प्रदर्शन सुरु गरेका छन् । समाजवादी मोर्चाको नेतृत्वमा गणतन्त्रवादीको प्रदर्शन भृकुटीमण्डप र राजावादीहरुले नवराज सुवेदी नेतृत्वको समितिमार्फत तीनकुनेमा प्रदर्शन सुरु गरेका छन् । प्रदर्शनका कारण भीडभाड भएपछि ती क्षेत्रका सडकमा सवारी साधनलाई निषेध गरिएको छ । ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकोले सवारी साधनलाई अर्कै रुटमा […]

तरकारीसँगै विष, उपभोक्ता स्वास्थ्यमा खेलबाड

१३ चैत,काठमाडौं । बुधबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी तरकारी बजार ल्याइएको पालुंगो सागमा ८३.६२५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटियो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार केन्द्रीय कृषि प्रयोगशालाले १८ पसलको १८ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा पालुंगो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको […]

डलरको भाउ घट्यो

काठमाडौं, माघ १२ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ। यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ घटेको छ। त्यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ। […]

शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम

चितवन, माघ १२ । शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार ल्याउने तथा शिक्षणलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले प्राध्यापकलाई तालिम दिइएको छ । त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले २४ जना प्राध्यापकलाई १० दिनसम्म तालिम प्रदान गरिएको हो । उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत विश्वविद्यालय अनुदान आयोगको सहयोगमा यही माघ ३ देखि ६ गतेसम्म अनलाइन […]

निर्माण सेवा संघको रक्तदान : ३५ युनिट रगत संकलन

कालिका, माघ १२ । कालिका नगरपालिका वडा नं ६ स्थित पूर्वी चितवन निर्माण सेवा संघको आयोजनामा शनिबार रक्तदान कार्यक्रम गरिएको छ । प्रदेशिक रक्तसञ्चार केन्द्र र नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रम कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले उद्घाटन गरेका थिए । कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । सो अबसरमा मेयर […]

एमाले रत्ननगर वडा नं ६ को अध्यक्षमा सापकोटा चयन

रत्ननगर, माघ १२ । नेकपा एमाले रत्ननगर नगरपालिका वडा नं ६ वडा कमिटीको अध्यक्षमा रामचन्द्र सापकोटा चयन भएका छन् । वडा कमिटीको अधिबेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा लक्ष्मी गोदार चौधरी, सचिवमा सरस्वती सापकोटा रिजाल, सहसचिवमा कुशल सुवेदी र गंगिया चौधरी चयन भएका छन् । रत्ननगर वडा नं ६ […]

एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड

काठमाडौं, माघ १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले एमालेसँगको एकता र त्यसपछिको सहकार्य धेरै दिन टिक्न नसकेको भन्दै अब एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् […]

बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते

बैतडी, माघ १२ । बैतडीको सिगास गाउँपालिका–१ माडौँलामा आज बिहान भएको जिप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिगास गाउँपालिका–१ की १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सिगास–१ इराना घर भएकी ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, […]

पन्ध्रौँ चितवन महोत्सव सम्पन्न

चितवन, माघ ११ । पन्ध्रौँ संस्करणको चितवन महोत्सव सम्पन्न भएको छ । चितवन उद्योग वाणिज्य सङ्घको आयोजनामा नारायणी नदी किनारमा आयोजित महोत्सव पँच लाख मानिसले अवलोकन गरेका थिए । महोत्सव मूल समितिका संयोजक सुमनकुमार श्रेष्ठका अनुसार महोत्सवमा रु ३० करोड बराबरको कारोबार भएको थियो । महोत्सवमा रोजगार मेला, ‘हार्डवयर्स एक्स्पो’, मह परिसर, अटो परिसर, रेष्टुराँ […]

दयाहाङ राइकाे चलचित्र

काठमाडौं – अभिनेता दयाहाङ राईलाई लाग्दै आएको आरोप हो, धेरै सिनेमा खेल्छन् । हरेक महिनाजसो उनका सिनेमा प्रदर्शनमा आउँछन् । दर्शकलाई उनका कुन सिनेमा हेरौँ कुन नहेरौँ हुन्छ ।  हरेक महिना मात्रै होइन एकै दिन दयाहाङ अभिनीत दुईवटा चलचित्र पनि रिलिज भए । त्यो पनि एक पटक होइन दुई÷दुई पटक । तर, यो पटक भने […]

ताजा अपडेट

Follow Us

© २०२५ Dunami News

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।