single page top banner

जाडो मौसममा यसरी गर्नुहोस् छालाको समस्याको समाधान

Dunami_nadmin Dunami_nadmin
मंगलबार, चैत्र 16, 2082
Social buttons loaded
समाचार सारांश
  • जाडो मौसम सुरु भएसँगै छालामा विभिन्न किसिमका समस्या देखिन थाल्छन्।
  • त्यसैले जाडोमा छालाको विशेष हेरचाह अत्यन्त आवश्यक हुन्छ।

जाडो मौसम सुरु भएसँगै छालामा विभिन्न किसिमका समस्या देखिन थाल्छन्। त्यसैले जाडोमा छालाको विशेष हेरचाह अत्यन्त आवश्यक हुन्छ। चिसो हावा, पानी र मौसमका कारण छालामा रहेको नमी (मोस्चर) घट्दै जान्छ। यसले गर्दा छाला सुक्खा हुने, चिलाउने, पोल्ने, खस्रो हुने, फुट्ने, हातखुट्टा सुन्निने जस्ता समस्या बढी देखिन्छन्।

जाडो मौसममा शरीरबाट छालालाई चाहिने प्राकृतिक चिल्लो पदार्थ कम उत्पादन हुने भएकाले यस्ता समस्या उत्पन्न हुन्छन्। हाम्रो छाला एक मौसमसँग समायोजन हुन नपाउँदै अर्को मौसम सुरु भइदिँदा छालामा असर पर्छ र विभिन्न समस्याहरू देखा पर्न थाल्छन्।

जाडोमा देखिने प्रमुख छालाका समस्याहरू

१. सुख्खापन
चिसोका कारण छालामा मोस्चरको कमी हुन्छ। छालामा रहेको पानी सुक्दै जाँदा चिल्लो पदार्थ घट्छ, जसले गर्दा हातखुट्टा, ओठ र अनुहार फुट्ने तथा छाला अत्यधिक सुक्खा हुने समस्या देखिन्छ। जाडोमा आगो वा हिटर नजिक बस्दा डिहाइड्रेसन बढ्ने भएकाले सुख्खापन झन् बढ्न सक्छ।

२. सोरायसिस (कत्ले रोग)
सोरायसिस घुँडा, कुहिनो र टाउकोमा बढी देखिने समस्या हो। गर्मीभन्दा जाडोमा यो समस्या बढी बढ्छ, किनकि जाडोमा छाला धेरै सुक्खा हुने हुँदा सोरायसिस झन् चर्किन सक्छ।

३. एक्जिमा (एलर्जी)
एक्जिमालाई एलर्जी पनि भनिन्छ। सुक्खा छालामा हुने ‘जेरोटिक एक्जिमा’ जाडोमा बढी देखिन्छ। यसमा छाला चिलाउने, रातो हुने र सुक्खा हुने लक्षण देखिन्छन्। जाडोमा घाम मनपर्ने भए पनि सिधै घाममा बस्दा एलर्जी हुन सक्छ, त्यसैले सनस्क्रिन प्रयोग गरेर मात्र घाममा जानु उपयुक्त हुन्छ। सनस्क्रिन चिकित्सकको सल्लाहअनुसार प्रयोग गर्नु राम्रो हुन्छ।

४. चिलब्लेन्स (चिसोले खाने)
यसमा हातखुट्टाका औँलाहरू रातो हुने, सुन्निने, पानीका फोका वा पिप आउने जस्ता लक्षण देखिन्छन्। विशेषगरी हातखुट्टा बढी सुन्निने समस्या हुन्छ।

५. चायाँ
जाडोमा कपालको राम्रो हेरचाह गर्न नसक्नु र टोपी लगाउँदा टाउको गुम्सिनुका कारण चायाँको समस्या बढ्छ। यस्तो अवस्थामा एन्टी-ड्यान्ड्रफ स्याम्पुको प्रयोग गर्नु उपयुक्त हुन्छ।

६. लुतो (दाद)
जाडोमा कम नुहाउने, छालाको सरसफाइमा ध्यान नदिने र लामो समय एउटै कपडा लगाउँदा लुतो वा दादको समस्या देखिन सक्छ।

जाडोमा छालाको हेरचाह कसरी गर्ने <

  • मौसमअनुसार छालाको हेरचाहको तरिका परिवर्तन गर्ने
  • जाडोमा हाइड्रेटिङ क्लिन्जर प्रयोग गर्ने
  • छालाको समस्या अनुसार उपयुक्त स्किन केयर अपनाउने
  • ऊनका कपडाले छाला चिलाउने भए सिल्क, कटन वा सुती कपडा प्रयोग गर्ने
  • छाला सुक्खा हुन नदिन नियमित मोस्चराइजिङ क्रिम वा लोशन प्रयोग गर्ने
  • साबुनको प्रयोग कम गर्ने र मोस्चराइजिङ साबुन वा फेसवाश प्रयोग गर्ने
  • ओठ चिल्लो राख्न भ्यासलिन वा लिप बाम प्रयोग गर्ने
  • घाममा जानुअघि सनस्क्रिन तथा लोशन प्रयोग गर्ने
  • जाडोमा क्रिम-बेस्ड मोस्चराइजर प्रयोग गर्ने
  • कुनै समस्या देखिएमा ढिला नगरी छाला रोग विशेषज्ञसँग परामर्श लिने

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

single post sidebar 2
single post sidebar 1 banner