हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
- डुनामिस न्युज,काठमाडौं ।
- ‘लिभ इन रिलेसनसिप’मा बसेकी महिलाको हत्या गरेको आरोपमा बागलुङ भर भई भारतको तेलंगाना राज्य स्थित हैदराबादमा बस्दै आएका विजय तोप्पा पक्राउमा परेका छन् ।
डुनामिस न्युज,काठमाडौं । ‘लिभ इन रिलेसनसिप’मा बसेकी महिलाको हत्या गरेको आरोपमा बागलुङ भर भई भारतको तेलंगाना राज्य स्थित हैदराबादमा बस्दै आएका विजय तोप्पा पक्राउमा परेका छन् ।
आफूसँगै बस्ने ३३ बर्षीय तारा बोहरालाई हत्या गरेर शव झोलामा राखी फ्याँकेको आरोपमा ३० बर्षीय तोप्पालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
इन्डिया टुडे अखबारमा प्रकाशित समाचार अनुसार जुन ४ मा हैदराबाद नजिकैको एक आवासीय क्षेत्र बचुपल्लीमा झोलामा राखिएको ताराको शव फेला परेपछि घटना सार्वजनिक भएको थियो ।
स्थानीय रेस्टुरेन्टमा सेफको काम गर्ने तोप्पालाई घटनालगत्तै प्रहरीले पक्राउ गरेको थियो ।
बागलुङ नै भर भएकी तारा र बिजय लिभ इन रिलेसनसिपमा बस्दै आएका थिए ।
विजय र तारा फेसबुकमार्फत सम्बन्धमा जोडिएका प्रहरी अनुसन्धानका क्रममा पत्ता लागेको छ ।
विवाहित र दुई सन्तानकी आमा बनिसकेकी तारा अप्रिल १५ मा हैदराबाद पुगेर बोरम्पेटमा विजयसँग भाडामा बसेकी थिइन् ।
प्रहरीका अनुसार, मे २३ मा ताराको गर्भावस्थाका विषयमा उनीहरू दुईजनाबीच झगडा भएको थियो ।
त्यही क्रममा विजयले नाइलन ब्यागको धागोले ताराको घाँटी कसेर हत्या गरेर शव झोलामा राखेर फालेको प्रहरीले जनाएको छ ।
आरोपितलाई पक्राउ गर्न पाँच विशेष टोली गठन गरिएको थियो । सीसीटीभी फुटेज र प्राविधिक प्रमाणका आधारमा प्रहरीले विजय मेड्चल जिल्लाबाटगिरफ्तार गरेको थियो । प्रहरी बयानमा उनले आफ्नो अपराध स्वीकार गरिसकेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
आम आक्रोशलाई सदुपयोग गर्ने रविको चेष्टा
प्रधानमन्त्री सुशीला कार्की घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगिन्।
पुर्नउत्थान महोत्सवमा रमाउदै हिलसङ चर्चका बालकालिकाहरु
तरकारीसँगै विष, उपभोक्ता स्वास्थ्यमा खेलबाड
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने



