बुध, बैशाख १०, २०८२
Search
बुध, बैशाख १०, २०८२

पन्ध्रौँ चितवन महोत्सव सम्पन्न

चितवन, माघ ११ । पन्ध्रौँ संस्करणको चितवन महोत्सव सम्पन्न भएको छ । चितवन उद्योग वाणिज्य सङ्घको आयोजनामा नारायणी नदी किनारमा आयोजित महोत्सव पँच लाख मानिसले अवलोकन गरेका थिए ।

महोत्सव मूल समितिका संयोजक सुमनकुमार श्रेष्ठका अनुसार महोत्सवमा रु ३० करोड बराबरको कारोबार भएको थियो । महोत्सवमा रोजगार मेला, ‘हार्डवयर्स एक्स्पो’, मह परिसर, अटो परिसर, रेष्टुराँ परिसर, फनपार्क, चाइना एक्स्पो, लघु, घरेलु परिसर, कृषि परिसरलगायत चार सय ३० स्टल थिए ।

महोत्सव उद्योग व्यवसायको प्रवद्र्धन, कला, साहित्य र संस्कृतिको संरक्षण, आदिवासी जनजातिको परम्परा, रीतिरिवाज र वेशभूषाको जगेर्नाका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा सूचना प्रविधि र पूर्वाधारलगायतका क्षेत्रको विकासका सम्भावनाको उजागर गर्न उपयोगी भएको संयोजक श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा प्रतियोगितात्मक कृषि, हस्तकलाका उत्पादन, साना तथा लघु, घरेलु उत्पादनको प्रदर्शनी, अटोमोबिललागयत औद्योगिक प्रदर्शनी तथा कृषि , शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधिमा गोष्ठीका साथै स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो ।

महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितिमा समापन भएको हो । मुख्यमन्त्री लामाले व्यवसायमैत्री वातावरण बनाउन प्रदेश सरकार क्रियाशील रहेको बताउनुभयो । रासस

Picture of Dunamis News

Dunamis News

ताजा अपडेट

Follow Us

© २०२५ Dunami News

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।