single page top banner

को हुन् सुशीला कार्की ?

Dunami_nadmin Dunami_nadmin
शनिबार, पौष 13, 2082
Social buttons loaded
समाचार सारांश
  • पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बनेर अर्काे इतिहास रचेकी छन् ।
  • २५ जेठ २००८ मा मोरङको शंखरपुरमा जन्मिएकी  कार्कीले विराटनगरको महेन्द्र मोरङ कलेजबाट बिए र बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् ।

पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बनेर अर्काे इतिहास रचेकी छन् । २५ जेठ २००८ मा मोरङको शंखरपुरमा जन्मिएकी  कार्कीले विराटनगरको महेन्द्र मोरङ कलेजबाट बिए र बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् ।

०३४ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि उनले ०३५ मा वकालत थाल्दा विराटनगरमा महिला कानुन व्यवसायी थिएनन् । पछि केही संख्यामा महिला कानुन व्यवसायीको प्रवेश भए पनि टिकिरहन सकेनन् ।

तर, कार्की अविचलित वकालतमा टिकिरहिन् । कार्कीले नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका खेलेकी थिइन् । ०४६ को जनआन्दोलनताका कार्की पञ्चायतविरुद्ध प्रदर्शन गर्ने क्रममा पक्राउ पनि परेकी थिइन् । कार्कीले तत्कालीन अञ्चल अदालतदेखि पुनरावेदन अदालतसम्मको वकालतको अनुभव संगालेकी थिइन् । 

वकालतको २७ वर्षपछि वरिष्ठ अधिवक्ता बनेकी उनी ०६५ मा सर्वाेच्च अदालतको अस्थायी न्यायाधीश बनिन् । ०६७ मा न्यायाधीश नियुक्त भइन् । र, त्यसको सात वर्षपछि १ वैशाख ०७३ मा कामु प्रधानन्यायाधीश बनिन् ।

त्यसको तीन महिनामा प्रधानन्यायाधीश बनेकी उनले १५ महिना सर्वाेच्च अदालतको नेतृत्व गरिन् । तर, उनले सर्वाेच्चको नेतृत्वको कार्यकाल पूरा गर्न पाइनन्, महाभियोगको सामना गर्नुपर्‍यो । यद्यपि, सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारण महाभियोग निस्तेज भएपछि दलहरूले महाभियोग फिर्ता लिएका थिए ।

मध्यमवर्गीय किसान परिवारमा जन्मिएकी कार्की विराटनगरनिवासी डिल्लीबहादुर कार्कीका पाँच छोरी र दुई छोरामध्ये सबैभन्दा जेठो सन्तान हुन् । उनलाई बुझ्नेहरू कार्की सानैदेखि जिद्दी, हठी र कसैसँगै नडराउने स्वभावकी थिइन् ।

विराटनगर– २, शंकरपुर तीनपैनीमा रहेको जनता माविबाट स्कुल शिक्षा पूरा गरेकी कार्की बुद्धिजीवी दुर्गा सुवेदीकी पत्नी हुन् । सुवेदी पहिले कांग्रेसका सक्रिय कार्यकर्ता भए पनि हाल नागरिक समाजका अगुवाका रूपमा चिनिन्छन् । 

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्नीसँग घरभाडा असुल्ने करोडपति लोग्ने
लेभरकुजनले बनायो अपराजित बुन्डेसलिगा जित्ने कीर्तिमान
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
एमाले रत्ननगर वडा नं ६ को अध्यक्षमा सापकोटा चयन
एमाले रत्ननगर वडा नं ६ को अध्यक्षमा सापकोटा चयन
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा यातायात निषेध
गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा यातायात निषेध
मलाई ‘लछमनियाको गौना’को लेखक बनाइदिएर ब्रान्डेड गरिदिए
युग पुरुष स्व. रोबर्ट कार्थकको जीवन गवाही
युग पुरुष स्व. रोबर्ट कार्थकको जीवन गवाही
विश्वविद्यालयले बिरालोलाई किन दियो साहित्यमा विद्यावारिधिको उपाधि ?
single post sidebar 2
single post sidebar 1 banner