अफताफ आलमलाई सफाई दिने न्यायधीशलाई युवाहरुले मोसो दले
- डुनामिस न्युज, विरगंज।
- पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसांसद अफताफ आलमलाई सफाई दिने उच्च अदालत जनकपुरको अस्थाई इजलास बीरगंजको न्यायधीश द्वय खुशीराम थारु र अर्जुन महत माथि इजलासमै मोसो प्रहार भएको छ ।
डुनामिस न्युज, विरगंज। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसांसद अफताफ आलमलाई सफाई दिने उच्च अदालत जनकपुरको अस्थाई इजलास बीरगंजको न्यायधीश द्वय खुशीराम थारु र अर्जुन महत माथि इजलासमै मोसो प्रहार भएको छ ।
इजलास चलिरहेकै अवस्थामा केहि युवाहरुको समूह प्रवेश गरेर उनीहरुमाथि मोसो प्रहार गरेका हुन ।
इट्टाभत्तामा जिउदै मानिस जलाएका आरोप लागेका पुर्व मंत्री मोहम्मद अफताफ आलमलाई सफाई दिएको भन्दै कालो मोसो छ्याप्ने ती युवकहरु धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी बहुमतका कार्यकर्ता रहेको खुलेको छ ।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले दुई जना न्यायधीशमाथि कालो मोसो प्रहार भएको बताएका छन ।
न्यायाधिशहरुमाथि कालो मोसो प्रहार गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा प्युठान घर भई हाल ललितपुर कुपन्डोल बस्ने नेकपा माओवादीका केन्द्रिय सदस्य ३८ बर्षीय अविनाश भनिने किशोर कुवर, सर्लाही बर्षहवा नगरपालिका -२ बस्ने ४३ बर्षीय बहुमतका जिल्ला इञ्चार्ज पदम बहादुर मगर र सिराहा गोल्बाजार नगरपालिकाका बर्ष ४८ का नेकपा बहुमतका सिराहा समिति सदस्य गर्बो महतो रहेका छन् ।
घटना पछि सुरक्षाकर्मीगरुले अदालत परिसरमा सुरक्षा बढाएको छ भने मोसो प्रहरमा संलग्न तिनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उनीहरुले जनताको कर खाने र जनताको विरुद्धमा फैसला गर्नेहरुमाथि नेकपा बहुमतले यसरी नै कारबाही गर्ने बताएका छन् । कालोमोसो प्रहार गरेपछि उनीहरुले भिडिओ बनाएर सार्वजनिक गरेका थिए ।
न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जेठ १४ गते जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाउदै पुर्व मन्त्री समेत रेहका आलमलाई सफाई दिएको थिए ।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएपछि नख्खु कारागारमा रहेका आलम रिहा भएका थिए ।
न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाएको थियो ।
आलममाथि पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित उनका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोप थियो ।
उच्च अदालतले आलमसहित उनका भाइ मोहम्मद महताव आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीलाई सफाइ दिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा यातायात निषेध
अपाङ्गता भएका महिलाको राजनीतिक अधिकार र अवस्था
जलेका मन्त्री निवास रंग्याइँदै।
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नेपाल दुरसञ्चारमा व्यापक भ्रष्टाचार, १८ जना विरुद्ध मुद्दा दायर
निर्माण सेवा संघको रक्तदान : ३५ युनिट रगत संकलन


