डुनामिस स्कुल अफ मिनिष्ट्रि नेपालको १५ औ बार्षिकोत्सव सम्पन्न
- डुनामिस न्युज संवाददाता, काठमान्डौ ।
- डुनामिस स्कुल अफ मिनिष्ट्रि नेपालको १५ औ बार्षिक उत्सव हर्षोल्लास र आत्मिक वातावरणका साथ मनाइएको छ ।
डुनामिस न्युज संवाददाता, काठमान्डौ । डुनामिस स्कुल अफ मिनिष्ट्रि नेपालको १५ औ बार्षिक उत्सव हर्षोल्लास र आत्मिक वातावरणका साथ मनाइएको छ । ललितपुर स्थित धोबीघाट नँयाबाटोमा सुक्रबार आयोजित समारोहको उद्घाटन गर्दै मिनिष्ट्रिकी संस्थापक टोनी हास्केलले परमेश्वरले आफूलाई नेपालको लागि दिनुभएको दर्शन पुरा गर्न अभाव वा कुनै पनि संकष्टले रोक्न नसकेको अनुभव सुनाउनु भयो ।
बाइबल स्कुलकी शिक्षिका समेत रहनुभएकी हास्केलले भन्नु भयो, “१५ बर्ष अघि मैले नेपालको लागि पाएको दर्शनलाई पुरा गर्ने दौडमा अझै पनि लागिरहेको छु, र परमेश्वरले मेरा साथमा धेरै विश्वासयोग्य जनहरु जुटाइदिनुभएको छ । ”
शिक्षिका टोनीले परमेश्वरले सँधै मानव क्षमता भन्दा पनि उच्च स्तरका कार्यहरु गर्न निर्देशन दिनुहुन्छ र प्रभुमा आज्ञाकारी भयौ भने जुनसुकै पनि बोलावट पूरा गर्न सकिन्छ भन्दै उत्प्रेरणा दिनुभयो ।
म्याम टोनीले नेपाल आएर वचन प्रचार गर्दा कतिपय मण्डलीमा तत्काल जागृति आएको अनुभव सुनाउनु भयो ।
उहाँले भन्नु भयो, “आजसम्म भएको यो सेवाकाइका सफलताहरु प्रभुले अघि नै तयार गरिसक्नुभएको थियो, दर्शन पुरा गर्न केवल विश्वास र आज्ञाकारिताको मात्र खाचो छ,आज्ञाकारी हुन्छौ भने सेवाकाइका प्रतिफल अवश्य देख्नेछौ ।”
असंभव कुरालाई पनि प्रार्थनाका साथ सुरु गर्छौ भने त्यो कार्य बिस्तारै बढ्दै जान्छ अन्त्यमा सफल हुन्छ भन्दै टोनीले उत्साह प्रदान गर्नु भयो ।
कार्यक्रममा पास्टर तथा बाइबल शिक्षक मार्क गार्भरले येशु प्रभु हजारौ पुस्ताको लागि विश्वासयोग्य रहनुभएकोले (व्यवस्था ७ ः९, प्रकाश १९ ः ११ ) हामीले सिक्नै पर्ने महत्वपूर्ण कुरा भनेको उहाँप्रतिको विश्वसयोग्यता हो भन्ने बिषयमा प्रशाश पार्नुभयो ।
उहाँले इश्वरीय आराधनालाई नेपालमा ल्याउन टोनी म्यामको ठूलो भूमिकालाई दर्शाउदै भन्नुभयो, “यदि दिक्षान्तितहरुले परमेश्वर र सस्थापक टोनी म्याम प्रति आदर गर्ने हो भने विश्वासयोग्य हुनुपर्छ, आ–आफ्नो बोलावटमा सबै जना विश्वासयोग्य हुनुपर्छ, प्रभुले हामीलाई विश्वासयोग्य ठानेर सेवाकाइमा राख्नुहुन्छ (१ तिमोथी १ः १२ ) ।”
पास्टर मार्कले टोनी विश्वासयोग्य भएरै नेपाल आउनुभए जसरी नै अब दिक्षान्तितहरुले पनि न्यायको दिनमा येशुबाट स्याबासी स्वरुपको मुकुट पाउने अपेक्षाले दौडन प्रेरित गर्नु भयो ।
त्यसैगरी पास्टर रोन्डा गार्भरले जसरी नोआ, मरियम लगायतका बाइबलका पात्रहरुले मानिसहरुको उद्धारको निम्ति परमेश्वरप्रति विश्वासयोग्यता देखाए त्यसरी नै टोनी म्यामद्धारा ठूलो समूह आशिषित भएको भन्दै उहाँको आज्ञाकारिता र सेवाकाइमा सफल दौडको प्रसंशा गर्नु भयो ।
न्यु लाइफ चर्चका पास्टर तथा बाइबल शिक्षक राजु गुरुङले डुनामिस बाइबल स्कुलको सुरुवातदेखि आजसम्मको चरणमा आइपुग्दा राष्ट्रमा ठूलो परिवर्तन देखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, राष्ट्रहरुमा येशु चिनाउनको लागि मण्डलीको काम सकिएको छैन, त्यसैले हामी प्रतिश्पर्धात्मक रुपले होइन तर एकसाथ भएर मण्डलीको उद्देश्य पूरा गर्नुपर्छ ।”
समारोहमा अमृता तामाङ, मुकेश तामाङ लगायत राष्ट्र तथा अन्तराष्ट्रबाट शिक्षक शिक्षिकाहरुले मिनिष्ट्रिको लागि म्याम टोनीको त्याग र बलिदानले नेपालका विभिन्न सेवाकाइकालागि लागि थुप्रै असल सेवकहरु उत्पादन भएको बारे चर्चा गनुभयो ।
बर्षिक उत्सवमा बाइबल दिक्षितहरुले टोनी हास्केललाई उहाँले नेपाली ख्रीष्ट्रियन समुदायको लागि चुकाउनुभएको मुल्यप्रति आदर र सम्मान स्वरुप सबैका आशिषित धारणाहरु संकलित पुस्तक प्रदान गरे ।
स्थानीय मण्डलीलाई शसक्तिकरण गराउने, नँया पुस्तालाई परमेश्वरको वचन र पवित्र आत्माको वहावलाई पछ्याउने र जागृति ल्याउने दर्शनका साथ सुरु गरिएको यस डुनामिस बाइबल स्कुलले हालसम्म १८ औ वटा ब्याच सम्मका सयौ बिद्यार्थीहरुलाई दिक्षान्तित गराउन सफल भएको छ भने १९ औ ब्याचको कक्षा पनि सुरु भएको छ ।
सन २०१० देखि निरन्तर संचालित यस बाइबल स्कुलले दोस्रो ब्याचको ब्याचलर डिग्रीका कक्षाहरु समेत संचालन गरिरहेको छ ।




प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
शिक्षामा महिलाको सहभागिताका चुनौती
प्रथम महिला प्रधानमन्त्री कार्कीद्वारा शपथ ग्रहण
पत्रकार खरेलद्वारा सञ्चारमन्त्रीको पदभार ग्रहण
हट्यो कर्फ्यु र निषेधाज्ञा, जनजीवन सामान्य बन्दै
को हुन् सुशीला कार्की ?
बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते
विश्वमै प्रदूषित शहरको शिखरमा काठमाडौं, सतर्कता अपनाउन विज्ञको सुझाव



